साउन १२ पोखरा । कास्की नेत्रहिन संघको अग्रसरताका स्थापना गरिएको समदृष्टि बचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
वि स २०६८ सालमा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुकै पहलमा स्थापना गरिएको सहकारीको सातौं अधिवेशनले लक्ष्मण सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा दण्डपाणि ढकाल, सचिवमा छविलाल आले, सह सचिवमा रिता केसी, कोषाध्यक्षमा शुसिल गोदार र सदस्यहरुमा पुष्पराज रिमाल, प्रमोद दाहाल ,सुस्मिता थापा र सुनिता ज्ञवालीलाई चयन गरिएको छ ।
यसैगरि नवगठित समितको लेखा समिति संयोजकमा शिशिर खनाल र सदस्यहरुमा अमृत बराल र सानुमाया पौडेल रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै एविनिय फाउण्डेसनका नेपाल प्रतिनिधी डा. विरेन्द्र भण्डारीले सहकारीले छरिएर रहेको पुजीलाई एकिकृत गरि आफना सेयर सदस्यको आय आर्जन बृद्धि हुने क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव दिएका थिए ।
कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष बोधराज कार्कीले शारिरिक रुपमा कमजोर भए पनि मनमा जोस र जागरका साथ आफुलाई कत्ती पनि कमजोर नसम्झी अपाङ्गता भएका समुहको हितका लागि स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय प्रवक्ता रमेश पोख्रेल, नेपाल नेत्रहिन संघका केन्द्रिय महासचिव शिशिर खनाल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण अधिकारी, निर्वाचन संयोजक लोचना अधिकारी, सदस्य विष्णु खनाल, कर अधिकृत विजय लामिछाने र आई एन एफका प्रतिनिधी दिपक न्यौपाने लगायतले सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी बढ्न सक्नु पर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।