अर्थ

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न… पुरा पढौ

पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन विस्तारको काम तीव्र

डुम्रे । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले जानकारी दिए । प्राधिकरणले विद्युत्का खम्बा धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न थप सहज भएको उनले बताए । सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल… पुरा पढौ

नेप्से परिसूचक २७ अङ्कले घट्यो

यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय… पुरा पढौ

तीन जिल्ला जोडिएको गुरुङ सम्पदा पदमार्गको औपचारिक घोषणा

गण्डकी, ९ साउन स् गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ । सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा आज पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो । पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै औपचारिक रुपमा घोषणा गरे । उनले पछिल्लो… पुरा पढौ

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ ।… पुरा पढौ

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको रक्तदानमा ८८ युनिट रगत संकलन

पोखरा, साउन ८ नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्र, प्रदेश समन्वय समिति र जिल्ला समितिले सिटिजन फर्निचर न्यूरोडसँगको सहकार्यमा मंगलबार पोखरामा संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन गरेको छ । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक दीपेन्द्र श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । महासंघको नवौं वार्षिकोत्सवको अवसर पारेर “रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिँदै

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए । उनले भने, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३… पुरा पढौ

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको… पुरा पढौ

पर्वत इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान

पर्वत । पर्वतको हुवासस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । मासिक रु ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी भइरहेको थियो । सोही समयमा पैंयुँ गाउँपालिका–४ हुवासस्थित मर्दिखोलाका बासिन्दाले एक रोपनी, तीन पैसा, एक दाम बराबरको जग्गा निःशुल्क जग्गा प्रदान गरेका हुन् । स्थानीय गौरी आलेले तीन आना एक दाम तीन पैसा, चन्द्रीमाया आले र अम्बरबहादुर आलेले चार आना, अमृतबहादुर आलेले तीन आना… पुरा पढौ

फेवाताल सरसफाई गरेर मनायो मजेष्टिक लेक फ्रण्ट होटलले प्रथम वार्षिकोत्सव

पोखरा, साउन ८ पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृतलगायतका कार्यक्रम गरेर मनाएको हो । होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई, उनको… पुरा पढौ