पोखरा, साउन ८
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्र, प्रदेश समन्वय समिति र जिल्ला समितिले सिटिजन फर्निचर न्यूरोडसँगको सहकार्यमा मंगलबार पोखरामा संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन गरेको छ । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक दीपेन्द्र श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

महासंघको नवौं वार्षिकोत्सवको अवसर पारेर “रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा फर्निचर व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्रका अध्यक्ष युवराज पौडेल, कास्की अध्यक्ष पूर्णशोभा गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीलगायतले रक्तदानको महत्व र फर्निचर व्यवसायी महासंघले गरेका कार्यहरुबारे बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







