अर्थ

पानसको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

जेठ २७ पोखरा । पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । सहकारीको गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष महेश्वर रिमालले बताए । सहकारीका कार्यसमितिका पदाधिकारी र सदस्य, शेयर सदस्य, कर्मचारी, पूर्व अध्यक्ष सहित ६० जनाको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको अध्यक्ष रिमालले बताए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण पोखरा महानगरापालिका सहकारी विभाग दर्ता अधिकारी अनिल कार्कीले गरेका थिए । सहकारीका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा… पुरा पढौ

भिटोफ गण्डकीको गाउँले गाइड तालिम सम्पन्न

जेठ २७ पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना(stlrp)को सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी सम्पन्न तालिममा ३१ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी(सापकोटा)ले जानकारी दिए । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताए । तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती… पुरा पढौ

म्याग्दीबाट हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

गलेश्वर । म्याग्दी जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिए। उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग… पुरा पढौ

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी… पुरा पढौ

सहयोग रकमले बन्यो ७८ वर्षीया काली सुनारको नयाँ घर

गलकोट । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो । एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आएका उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेका थिएनन् । सुनारकी दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आएकी सुनारको परिवारले नयाँ घर पाएका छन् । गाउँकै ज्ञानबहादुर थापाको पहलमा उहाँको परिवारलाई नयाँ घर निर्माण गरिएको हो ।… पुरा पढौ

पोखरा–२७ मा आमा समुह र टोल विकासको संयुत्त भवन निर्माण

जेठ २६ पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रहेका रहेको लेखनाथ समुदायिक आमा समुह र पण्डितथर टोल विकास सस्थाले करिव १७ लाखको लागतमा संयुक्त भवन निर्माण गरेका छन् । स्थानिय स्थरका कुनै पनि कार्यक्रम गर्दा भवनको अभावले वाहिरी चौरमा कार्यक्रम गर्नु पर्ने वाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै आमा समुह र टोल विकासको संयुत्त प्रयासवाट पक्कि भवन निर्माण गरिएको हो । भवनको शनिवार एक कार्यक्रमका विच समुद्घाटन गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सामुहिक प्रयासबाट गरिने जुन सुकै… पुरा पढौ

म्याग्दीको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो

म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताए । उनका अनुसार चालुु आर्थिक वर्षमा विनियोजन भएको रु ३० लाख बजेटबाट छ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो । “दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युुत् गृहबाट मुहानसम्म एक हजार छ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५… पुरा पढौ

पोखरामा अबैध रुपमा कटिङ ढुङ्गा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

पोखरा । पोखरामा अबैध रुपमा कटिङ ढुङ्गा चोरी निकासी गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराको लामाचौरबाट बगर तर्फ आउँदै गरेका बा ४ ख ३०५९ नं.को मिनी टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १६ दिपबाट नियन्त्रणमा लिएको हो । अबैध रुपमा कटिङ पिस ढुङ्गाहरु लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियन्त्रणमा लिएको उक्त मिनी टिप्परलाई प्रहरी थप… पुरा पढौ

दाङसिङ्गकी इशाको उपचारका लागि तीन लाख २० हजार सहयोग

जेठ २५ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्गकी इशा वि.कको उपाचारार्थ रकम संकलन गरिएको छ । स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ । दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा… पुरा पढौ

रुपातालको किनारमा पक्की सडक निर्माण

कास्की । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ । रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो । परियोजनाको रु २३ करोड १० लाख लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा र्गा सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ । पोखराका फेवा र बेगनास तालपछि… पुरा पढौ