
जेठ २६ पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रहेका रहेको लेखनाथ समुदायिक आमा समुह र पण्डितथर टोल विकास सस्थाले करिव १७ लाखको लागतमा संयुक्त भवन निर्माण गरेका छन् ।
स्थानिय स्थरका कुनै पनि कार्यक्रम गर्दा भवनको अभावले वाहिरी चौरमा कार्यक्रम गर्नु पर्ने वाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै आमा समुह र टोल विकासको संयुत्त प्रयासवाट पक्कि भवन निर्माण गरिएको हो ।
भवनको शनिवार एक कार्यक्रमका विच समुद्घाटन गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सामुहिक प्रयासबाट गरिने जुन सुकै काममा पनि स्थानिय सरकारको सहयोग रहिरहने विश्वास दिलाउँदै भवनमा विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेर स्थानियहरुलाई आय आर्जनमा जोडिन आग्रह गरेका थिए ।
सामुहिक प्रयासले बनेको बहुउदेस्यी भवनलाई सवैले आफनै घर सम्झेर संरक्षण देखि यसका कार्यविधी तयार पारेर अगाडी वढ्न पनि वडाअध्यक्ष गुरुङले सुल्झाएका थिए ।
भवन निर्माण समितिकी अध्यक्ष विष्णुमाया केशीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता सरोज कोईराला,लेखनाथ क्लवका अध्यक्ष वालगोपाल श्रेष्ठ,पण्डितथर टोल विकास सस्थाका अध्यक्ष राजकुमार ढकाल,भवन निर्माण समितिका कोषाध्यक्ष सुनिल वराल लगाएतले लामो समय पछिको सामुहिक प्रयासमा भवन बनाउन सकिएकोमा खुसि ब्यक्त गरेका थिए ।
भवन निर्माण समितिका उपाध्यक्ष वलराम देवकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन टोल विकास सस्थाका सचिव रामवावु वरालले गरेका थिए भने कार्यक्रममा जग्गादाताँ सारदा कोईराला,लक्ष्मी कोईराला र उत्कृष्ठ चन्दादाताँ मुसिमाया खत्रीलाई सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।