
पोखरा । पोखरामा अबैध रुपमा कटिङ ढुङ्गा चोरी निकासी गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखराको लामाचौरबाट बगर तर्फ आउँदै गरेका बा ४ ख ३०५९ नं.को मिनी टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १६ दिपबाट नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा कटिङ पिस ढुङ्गाहरु लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नियन्त्रणमा लिएको उक्त मिनी टिप्परलाई प्रहरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरी कार्यालयका सुचना अधिकारी अविनाशदिप जिसीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।