अर्थ

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै म्याग्दीका किसान

गलेश्वर । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई÷चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य… पुरा पढौ

मनाङको विकासमा ठेकेदारको लापरवाही,योजनाहरु अलपत्र

मनाङ । मनाङ नासों गाउँपालिका–५, ६ र ७ जोड्ने दूधखोलामाथि निर्माणाधीन पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । नौ वर्षदेखि निर्माण भइरहेको छ उक्त पूर्ण हुने सम्भावना न्यून छ । विकट क्षेत्रको विकास एक हुनै मुस्किल हुन्छ । यी क्षेत्रमा मौसमको पनि चुनौती पनि उस्तै रहन्छ । विकट जिल्ला मनाङको विकास अहिले यस्तै अवस्थामा छ । पटक–पटक म्याद थपिँदा पनि विकासले पूर्णता पाउन सकेको छैन । विसं २०७३ असारमा पुल निर्माण सम्पन्न गर्न तत्कालीन जिल्ला विकास समितिले निर्माण कम्पनीलाई… पुरा पढौ

पोखरा र आसपास लगाएतमा धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

गण्डकी । धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन् । औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ । पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पर्वत । छिमेकी जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पूरा हुन सकेको छैन । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र बागलुङको जैमिनी नगरपालिका–१ जोड्नेगरी निर्माण सुरु भएको पुल नौ वर्षसम्म पनि अधुरै रहेको हो । ३० महिनामा निर्माण कार्य सक्नेगरी २०७३ असोज ९ गते सम्झौता गरिएको भए पनि अहिलेसम्म पूरा हुन नसकेको हो । सम्झौता अवधिअनुसार २०७६ असारमै पुल बनिसक्नुपर्ने थियो । जैमिनीघाटमा निर्माणाधीन यो पुल निर्माणको जिम्मा रसुवा÷श्री गीता÷फेवा संयुक्त निर्माण कम्पनीले पाएको थियो… पुरा पढौ

चापाकोटकी लक्ष्मी बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै

वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई÷चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भने, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।” आफूले उत्पादन गरेका तरकारी घरदैलोमै… पुरा पढौ

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको महासङ्घले जनाएको छ । यसैगरि , आज चाँदीको भाउ प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच रुपैँयामा कारोबार भैरहेको छ । पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातदेखि लागु हुने गरि पोट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको छ । मूल्य घटेसँग अब पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पर्ने भएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक… पुरा पढौ

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो । योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राँै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनको अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ । उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी… पुरा पढौ