अर्थ

कुश्माबजार चार दिनदेखि अन्धकार

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युत्को बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडक बत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका हुन् । वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडकबत्ती गत सोमबार काटिदिएको हो । नगरपालिकाले विसं २०७५ देखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायतको महसुल रकम पटकपटक… पुरा पढौ

सुन तस्करी प्रकरणः महरासँग आज पनि बयान लिइँदै

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उहाँलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि… पुरा पढौ

एक्सपर्ट एडुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

पोखरा / विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै "Expert Edu Conclave" आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम "Expert Edu Conclave" आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म… पुरा पढौ

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको… पुरा पढौ

चौधरी फाउण्डेसनद्वारा रेन्वो चिल्ड्रेन होमलाई गर्यो खाद्यान्न सहयोग

पोखरा, चैत ६ चौधरी फाउण्डेसनले पोखराको रेन्वो चिल्ड्रेन होम नेपाललाई सहयोग गरेको छ । फाउण्डेसनले रेन्वो चिल्ड्रेन होमलाई खाद्यान्न सहयोग गरेको हो । फाउण्डेसनले मंगलबार ८ बोरा चामल, १ बोरा दाल, १ कार्टुन तेल र ३ कार्टुन चाउचाउ रेन्वो चिल्ड्रेन होमकी सञ्चालिका गोमा ढकाललाई हस्तान्तरण गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित रेन्वो चिल्ड्रेन होममा १५ बालिका र ११ बालक गरेर कुल २८ जना बालबालिका आश्रित छन् । त्यसबाहेक ३२ जना बालबालिकालाईपनि आर्थिक सहयोग गर्दै आएको छ । उनीहरु… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थाले

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। “यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उनले भने, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका… पुरा पढौ

नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य… पुरा पढौ

चैत अन्तिम सातादेखिसाता हुने हेमजा आलु महोत्सवको तयारी तिब्र

पोखरा । ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ यस वर्ष पनि हेमजामा आलु महोत्सव हुने भएको छ । यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ ।जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो… पुरा पढौ

आर्दश टोल सुधार समिति बैदाममाः सोमनाथ अधिकारी

चैत ५ पोखरा । आर्दश टोल विकास सस्था पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सोमनाथ अधिकारी चयन भएका छन । संस्थाको शनिबार पुनर गठित प्रथम अधिबेशन तथा दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो । संस्थाको उपाध्यसक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् । यस्तै सचिवमा कबिता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, ससचिबमा मैना देवी रावत लम्साल, चुनिएकी छन् । यस्तै सदस्यहरुमा विर बहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमति थापा, राम बहादुर… पुरा पढौ

आयआर्जनसँग जोड्न विपन्न परिवारलाई बाख्राका पाठी

ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनि छन् । ज्याला, मजदुरी र निमेक गरेर दैनिकी चलाउनुपर्ने उनीहरुको बाध्यता छ । आयआर्जनको माध्यम केही छैन भने रोजगारको अवसर पनि छैन । बिहान बेलुका के खाउँ, के लाउँ भन्ने अवस्थाका परिवारलाई काठेखोला गाउँपालिकाले आयआर्जनसँग जोड्न थालेको छ । खास गरी पालिकाभर रहेका दलित समुदायबाट अभियान थालिएको छ । दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउनका लागि बाख्राका पाठी वितरण गरिएको छ । गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा… पुरा पढौ