अर्थ

पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद थप

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो । कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए । म्याद सकिए पनि निर्माण कम्पनीले सडक… पुरा पढौ

गोरखाको कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए। गत वैशाखमा सडक कालोपत्र थालिएको हो । गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि… पुरा पढौ

नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार खोज्दै उद्योमी रचना श्रेष्ठको टोली अष्ट्रलियामा

नेपाल प्राकृतिक रुपमा सुन्दर मात्रै छैन् यहाँका विविधताले पनि यसलाई थप सुन्दर बनाएर सुनमा सुगन्ध थप्ने काम गरेको छ । विभिन्न जातजाति,यहाँका विभिन्न समुदायका रहनसहन र संस्कार,भेषभुषा,भाषाशैली र आत्मियता नेपाल र नेपालीको पहिचान र विशेषताका पक्ष हुन् । समय परिस्थितीहरु बदलिएर अहिले हरेक परिवेशले नयाँ आकार सिर्जना भएको छ र त्यो हुन पनि जरुरी छ । तर विगतलाई हेर्ने हो भने नेपालीहरु बुद्धिमान र मेहनती पनि छन् भन्ने पुष्टि हुन्छ,जहाँ अन्न पिस्न पानीघट्ट,ढिकीजाँटो,कागतीबाट चुक निकाल्न कोल र काठका ठेकाठेकी,अल्लो धागोबाट… पुरा पढौ

सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्यो : मुख्यमन्त्री अधिकारी

जेठ ४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उनको भनाई छ । आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उनको दावी… पुरा पढौ

कोदोका परिकारको माग बढेपछि कोदो खेतीतर्फ आकर्षित पर्वतका किसान

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । पहिले–पहिले… पुरा पढौ

तनहुँमा बाह्र वटा साना योजना सम्पन्न

तनहुँ । सामाजिक विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गरेका ४७ योजनामध्ये १२ योजना सम्पन्न भएका छन् । कूल योजनामध्ये ३२ वटा योजना सम्झौता भएका थिए । सम्पन्न भएका योजनाको भुक्तानी भइसकेको छ । बाँकी १५ वटा योजना सम्झौता हुन बाँकी रहेको सामाजिक विकास कार्यालय प्रमुख विक्रम सुवेदीले जानकारी दिए । उनका अनुसार वार्षिक योजनाअन्तर्गत १४ र राष्ट्रिय खेलकूद परिषदका एक गरी १५ योजना सम्झौता हुन बाँकी छन् । सम्पन्न भएका योजनाअन्तर्गत विद्यालय, मन्दिर, सामुदायिक भवन, धार्मिक, सांस्कृतिक र… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ । यसैगरि ,चाँदीको मूल्य… पुरा पढौ

पोखरा महानगरको बेरुजू असुलउपर गर्न सार्वजनिक लेखा समितिको निर्देशन

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरको बेरुजू असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ । समितिको विहीबार बसेको बैठकले पोखरा महानगरपालिकामा देखिएको बेरुजू जसको नाममा देखिएको हो उसैबाट असुलउपर गर्न निर्देशन दिएको हो । समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा विहीबार बसेको बैठकमा महानगरमा देखिएको बेरुजू असुलउपर गर्नेबारे छलफल भएको थियो । छलफलमा समितिका सबै सदस्यहरुले बेरुजूका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै तत्काल बेरुजू असुलउपर गर्नुपर्नेमा जोड दिए । उनीहरुको एउटै धारणा… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ… पुरा पढौ