अर्थ

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

वैशाख ३० काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् । आज आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन् । “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन । करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले… पुरा पढौ

वगादी खोलमा सर्वसाधारणको सहजताका लागी १० वटा धारा निर्माण

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ मा रहेको वगादी खोलामा सर्वसाधारणलाई नुहाउन तथा कपडा धुन सहज हुने गरि १० वटा धारा निर्माण गरिएको छ । वडाको १० लाख र वगादी युवा क्लवको एक लाख ५० हजार गरि कुल ११ लाख ५० हजारको लागतमा खोलामा स्वीमिङपुल,पार्क र १० वटा धारा निर्माण गरिएको हो । अब्यवस्थीत तरिकाले खोलाको पानी प्रयोग गरिरहेका स्थानियहरुको सुविधालाई ख्यालामा राख्दै वडाले खेर गईरहेको पानीलाई सदुपयोग गर्नका लागि ब्यवस्थीत रुपले पानीका धारा र पौडी खेल्नका लागि… पुरा पढौ

पृथ्वी राजमार्ग अन्तर्गतका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम सुरु

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गतका होटल व्यवसायीलाई दक्ष तथा सेवा प्रभावकारी बनाउने उद्देश्यले पर्यटकमैत्री सेवा तालिम आजदेखि दमौलीमा सुरु भएको छ । पर्यटकलाई सहज र होटल व्यवसायलाई सरसफाइयुक्त बनाउन राजमार्गका साथै तनहुँका होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा तालिम दिइएको हो । तनहुँको सदरमुकाम दमौलीमा होटल पर्यटनकर्मीलाई दुईदिने ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम दिएर प्रभावकारी बनाउन लागिएको होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए। पृथ्वी राजमार्गका साथै मर्स्याङ्दी करिडोरअन्तर्गतका होटल तथा रेष्टुरेन्ट व्यवसायीको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गरी… पुरा पढौ

कुश्मीसेरामा पानीको हाहाकार,बनेका धारा भत्किन थाले तर पानी आएन

बलेवा । खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् । “पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ”, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भनले, “धारामा पानी आउन छाडेको छ । भएका धारा पनि भत्किन थालेका छन् ।” पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उनले बताए । सोनमका… पुरा पढौ

पर्वतको जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

पर्वत । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्यगरी सुन्तला र कागतीखेती विस्तार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार जलजलामा ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’अन्तर्गत ६० हेक्टर क्षेत्रफलमा सुन्तला र १५ हेक्टर क्षेत्रफलमा कागतीखेतीको बगैँचा निर्माणको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्ने र… पुरा पढौ

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

पोखरा । यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा… पुरा पढौ

लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डको स्तरोन्नती सुरू

लमजुङ । लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतीका काम सुरूभएका छन् । यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए । ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका उनको भनाइ छ । कार्यालयका… पुरा पढौ

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । “१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात… पुरा पढौ

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही कम्पनीले १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाका लागि कार्यालय स्थापना गरेर कामलाई तीव्रता दिन थालेको हो । आयोजनाले साराङघाटमा घर भाडामा लिएर यही वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गरेको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तल्लो सेतीको तीन सय ७५ मिटर… पुरा पढौ

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’: अनुगमन टोली

गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुुगमन गरेको छ । ‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन प्रहरी, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रतिनिधि, पर्यटनसम्बद्ध मजदुर सङ्गठनका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले वीरेठाँटीमा स्थलगत अनुुगमनसँगै पदयात्रा क्षेत्रका समस्या, टिम्स कार्ड चेकपोष्ट… पुरा पढौ