अर्थ

सङ्घीय संसद् बैठकमा वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ । आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित… पुरा पढौ

बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द

गलकोट । कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ । सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ ४ गतेसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मतकार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ । बन्द अवधिभर मालढुङ्गा(बेनी… पुरा पढौ

स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ््याट्टफुट्ट मात्रै देखिन थालेको छ । पुर्खादेखि पालिँदै आएको कालो तङ्ग्रामे सुँगुरको बीउ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक पालन थालेका छन् । परम्पराकालदेखि तङ्ग्रामका मगरले पाल्दै आएको कालो सुँगुर आयातित बङ्गुरको पाठापाठीका कारण लोप हुने अवस्थामा आएको हो । व्यावसायिकरुपमा आयातित बङ्गुरपालन र कृत्रिम… पुरा पढौ

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

गोरखा । गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्छन् । विहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टाँै लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका छन् । ‘‘रातको समयमा पुगेपनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भने, ‘‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण… पुरा पढौ

पर्वतका ९१ साना उद्योग बन्द,८० वटा नयाँ दर्ता

पर्वत । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित… पुरा पढौ

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो । “हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ”, ‘‘लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आउनुभएका सूर्य खनालले भने, “तर लार्के बजारमाथि राखिएका मार्किङ पोल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगमार्फत् गरिएको सो बीमा सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बीमा रकम प्रदान गरिनेछ । सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा संघका पूर्वअध्यक्ष तथा… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको… पुरा पढौ

दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो”, उनले भने, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।” तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा… पुरा पढौ

पोखरा-१३ आर्वा ढाँडबिसिमा तरबुजा खेतीमा किसानको आकर्षण

पोखरा । पोखरा १३ आर्वा ढाँडबिसिमा, परिक्षणको रुपमा गरिएको तरबुजा खेती उत्पादन मुलक देखिएको छ। स्थानीय कृषक श्रीधर बरालले पहिलो पटक ३ रोपनी जग्गामा ४३० बिरुवा लगाएर परिक्षण गरेका हुन् । कृर्षक बरालले यहाँको हावापानी र माटोमा तरबुजाखेति उपयुक्त हुने बताउँदै केही फलहरु २ किलो सम्म पुगेको र जेठको मध्यसम्म पूर्णरुपमा तयार हुने जनाए । उनले भने, “तरबुजा खेती यस क्षेत्रमा व्यवसायिक रुपमा प्रथम पटक गरिएको हो, खेति गरिएदेखि आजसम्म राम्रै देखिएको छ तर विभिन्न रोग र बाँदर आदि वन्यजन्तुबाट… पुरा पढौ