अर्थ

सुनचाँदीको मूल्य बढेको बढ्यै

सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५ निर्धारण भएको छ ।मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८८५ मा कारोबार भएको थियो ।… पुरा पढौ

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच… पुरा पढौ

२१औं लेखनाथ महोत्सव पर्सीदेखि, तयारी पूरा

लेखनाथ, १ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका… पुरा पढौ

गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए स्वीकृत गरेको छ । ‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो ।‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन… पुरा पढौ

सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा

पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै पुर्व कोशी प्रदेश पुगेका पर्यटन तथा होटल व्यवसायी चितवन फर्किएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवाताल किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।२७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिए । पोखरा महानगरपालिका… पुरा पढौ

तनहुँमा विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा रु तीन करोडका १६ योजना सञ्चालन गरिएको जानकारी दिए । यस्तै बहुवर्षीय योजना अन्तर्गत रु आठ करोड ३३ लाखका योजना निरन्तर सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार शुक्लागण्डकी… पुरा पढौ

स्याङ्जाको अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए ।अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध छन् । “समूहमा आबद्ध हुनुभएका सबै किसानले न्यूनतम रु एक लाखदेखि अधिकतम रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन्… पुरा पढौ

सडक महोत्सवको प्रचार टोली जनकपुरमा,मिथिला संस्कृति सडक महोत्सवमा झल्कने

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा नेपालका पूर्वेली शहरहरुमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए । कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले… पुरा पढौ

जनप्रकाश मावि हिमालय क्रिकेट एकेडेमी कपको सेमिफाइनलमा प्रवेश

पोखरा । जनप्रकाश मावि पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा लेभिनलाई ८ विकेटले पराजित गर्दै जनप्रकाश प्रतियोगिताको सेमि फाइनलमा प्रवश गरेको हो । आइतबार सम्पन्न हिमालयन बोर्डिङ स्कुल र रत्नज्योति सेकेण्डरी स्कुल बिचको पहिलो खेलमा रत्नज्योतिले टस जितेर फिल्डिङ लिदै हिमालयन सेकेण्डरी बोर्डिङ स्कुलले १८.३ ओभरमा १० विकेटको नोक्सानीमा १०६ रन बनाउन सफल भयो । जसमा शिवम श्रेष्ठले २२ बल खेल्दै १२… पुरा पढौ