अर्थ

युआरएल हस्पिटलचोकमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २८ मंसिरगण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटल चोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० सालमंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना… पुरा पढौ

पोखरा घुम्न आउन पूर्वेलीलाई रेवानको निम्तो

मंसिर २८ बिराटनगर पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम… पुरा पढौ

सिलिङ्गे सहकारीमा रानाभाट कै नेतृत्व

पोखरा महानगरपालिका वडा नम्वर २६ मा रहेको सिलिङ्गे कृर्षि उत्पादक सहकारी सस्थाको १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि ठाकुर प्रसाद रानाभाटलाई नै अध्यक्षमा दोहो¥याको छ । अध्यक्ष पदका लागि वर्तमान सचिव ईश्वरी प्रसाद अधिकारीको समेत उमेदवारी परे पनि पछि निर्वाचन समितिले सर्वसम्वत रुपमा वर्तमान कै अध्यक्ष रानाभाटलाई अध्यक्ष पदका लागि प्रस्ताव गरिएको हो । रानाभाट बैकिङ्ग क्षेत्रबाट आएको अनुभव र अघिल्लो कार्यकालमा सहकारीलाई ब्यवस्थीत रुपले संचालन गरेकै कारण उनलाई पुन अध्यक्ष वनाईएको हो । यसैगरि… पुरा पढौ

कोन सहकारीको २७ औं साधारण सभा सम्पन्न

पोखरा, २८ मंसिरपोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले संस्थाको हितका लागि आँफू सधैं सहकार्य गर्न तत्पर रहेको बताए । उनले साधारण सभाले सदस्यहरूलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे । शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ थियो । कार्यक्रममा संस्थाका… पुरा पढौ

पर्यटकको रोजाइमा तनहुँको दुबुङ

पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ । स्थानीय होमबहादुर रानाभाटका अनुसार… पुरा पढौ

सुनको मूल्य हासम्म कै उच्च,तोलामा २ हजार २ सयले बढ्यो

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको हो। सुन तोलामा रु दुई हजार २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५… पुरा पढौ

पर्वतको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट ९बियाँबाट आलुको बीउ उत्पादन० गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको योजनामा चौथो चरणका विजेता छानिए

मंसिर २७ गते २०८२पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् । तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७,… पुरा पढौ

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

पोखराको लेखनाथमा आयोजना हुन लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालिने गरिन्छ । यसरी निकालिने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन । ‘‘हरेक वर्ष लेखनाथ… पुरा पढौ

सुनको मुल्य तोलामा दुई लाख ५३ हजार १००

बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । बुधबारको तुलनामा सुनको मुल्य तोलामा १ हजार र चाँदी ५५ रुपैयाँले वृद्धी भएको हो… पुरा पढौ