अर्थ

पर्यटनमा महिला : कोभिड-१९ र चुनौति

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको शहर हो। अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कवि, लेखक सबैको प्रमुख रोजाईको शहर पोखरा यतिबेला भने कोरोना कहरले सुस्ताएको छ। कोभिड–१९ को प्रभावले विश्वलाई पारेको प्रभावसँगै पोखराको पर्यटनले पनि गति लिन सकेको छैन। ‘पर्ख र हेर’को स्थितिमा रहेको पर्यटन क्षेत्रमा व्यवसायिक पाइलासँगै अघि बढ्दै गरेका पर्यटन व्यवसायी महिलालाई पनि उस्तै असर पारेको देखिन्छ। प्राकृतिक सुन्दरताले अवर्णित शहर पोखरामा दुई वर्षअघि मात्रै निकै उत्साहका साथ ऋणको भारीलाई पनि हलुँगो गरेर बोक्दै साढे पाँच… पुरा पढौ

अत्यावश्यक पर्दा ३ घण्टामै पिसीआर रिपोर्ट दिने दाबी

पोखरामा नीजि क्षेत्रले सञ्चालन गरेको कोरोना परिक्षणको रिपोर्ट ३ घण्टामै आउने भएको छ । सरकारले कोभिड–१९ को परिक्षण गर्ने अनुमति दिएपनि पिसीआर जाँच गर्न शुरु भइनसकेको पोखरामा लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब)ले पिसीआर परिक्षण शुरु गर्दै त्यसको रिपोर्ट सामान्यतया २४ घण्टामा दिने भएपनि अत्यावश्यक परेको खण्डमा ३ घण्टामै दिने दाबी गरेको हो । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश स्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा मात्र पिसीआर जाँच हुँदै आएको थियो । पोखराको चरक हस्पिटलसहित विभिन्न अस्पतालले स्वाब संकलन गरेपनि पिसीआर जाँच… पुरा पढौ

काठमाडौं बेकरीले ल्यायो ‘प्रिमियम प्रोडक्ट’

पोखराको विशालबजारबाट व्यावसायिक यात्रा सुरु थालेको काठमाडौं फ्रेस बेकरीले प्रिमियम प्रोडक्ट बजारमा ल्याएको छ ।२३ वर्षदेखि निरन्तर बेकरीकै उत्पादन र बजार व्यव्स्थापनमा लागेको कम्पनीले पोखराको महेन्द्रपुल, लेकसाइड, भरतपुर र चितवनको सौराहा चोकमा शाखा विस्तार गरेको सञ्चालक रोशन मर्हजनले बताए ।ग्राहकको माग र चाहना अनुसार बेकरीका प्रिमियम आइटम महेन्द्रपुलबाट नै उत्पादन गरिने उनले जानकारी दिए ।बेकरीका पारखीहरुलाई अत्याधुनिक प्रविधिबाट उत्पादित स्वादिलो र स्वच्छ उत्पादन उपलब्ध गराउन कम्पनि सदा प्रतिबद्ध रहेका उनले जनाएका छन् । महर्जनले भने, ‘हाम्रो उत्पादनलाईगुणस्तर तथा नया प्रविधिको… पुरा पढौ

पोखरेली युवा ब्यबसायी पर्यटन प्रवद्र्धनका लागि सौराहा पुगे

पोखराका युवा ब्यबसायीहरु पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेर फर्केका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थिलथिलो भएको पर्यटन ब्यबसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा ब्यबसायीहरु साईकल ¥याली गर्दै सौराहा पुगेर पुनः पोखरा फर्केका हुन् । असोज २१ गते सौराहा गएको टोली २२ गते सौराहामै बास बसेर २३ गते फर्किएको उनले बताए । हाम्रो उद्धेश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो, उनले भने,‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि… पुरा पढौ

दशैंका लागि पोखरामा आयो यामाहाको ३ नया मोडल

यामाहाको अधिकृत विक्रेता पोखराको नयाबजारमा रहेको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले नेपालीको महान चाँड बडादशैंको अवसरमा यामाहाको थप ३ नया मोडल पोखरा भित्राएको छ । भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालि नयाबजारले दशैंको अवसरमा ट्रायल बाईक (एक्सटिजेड १५० सिसी) र स्कुटरमा थप दुई नया मोडल भित्राएको हो । एफआई ईञ्जिनको सो बाईक युवा पुस्ताको लागि उपयुक्त छ । स्कुटरमा यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेक बिक्रीका लागि राखिएको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । नया भित्रिएको यामाहाको रे जेडआर डिसब्रेक र… पुरा पढौ

गाँजा (भाँङ)को उत्पादन र बिक्री वितरण खुल्ला गर्न सांसदको माग

गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्माले प्रतिबन्धित गाँजा (भाँङ) खुल्ला गर्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको विशेष समय लिएर बोल्दै उनले राज्यले भाङमा लगाएको प्रतिबन्ध फुकुवा गरी त्यसको उत्पादन र बिक्री वितरण खुल्ला गर्न माग गरेका हुन् । बागलुङ क्षेत्र नम्बर १ को १ घर भएका शर्मा समानुपातिक सांसद हुन् भने उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत हुन् । नेपालमा लागू औषध (नियन्त्रण) ऐन २०३३ ले गाँजा तथा गाँजाजन्य पदार्थहरुको उत्पादन तथा बिक्री वितरणमा… पुरा पढौ

तेब्बर मूल्यमा प्याज बेच्ने पसल शिल

पोखरामा खरिद गरेको भन्दा तेब्बर मूल्यमा प्याज बेच्ने होलसेल पसल शिल गरिएको छ । पोखराको प्रदर्शनी केन्द्र स्थित कृषि उपज बजारको सटर नम्बर ५१ मा रहेको सन्दीप श्री ट्रेडर्सले खरिद गरेको भन्दा तेब्बर मूल्यमा प्याज बेचेको पाइएपछि सो पसललाई शिल गरिएको हो । विहीबार गरिएको अनुगमनका क्रममा प्रतिकिलो ४० रुपैयाँमा खरिद गरिएको प्याज प्रतिकिलो १११ रुपैयाँमा बेचेको भेटिएपछि पसल शिल गरिएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइरालाले जानकारी दिए । शिल गरिएको सो ट्रेडर्सको गोदाममा ५ सय बोरा प्याज… पुरा पढौ

लकडाउन, निषेधाज्ञा र शिल नगर्न पोखरेलीको माग, पिसीआरसमेत बन्द गर्न आग्रह

पोखरामा लकडाउन, निषेधाज्ञा र शिल गर्ने कार्य बन्द माग गर्दै प्रदर्शन भएको छ । ६ महिनादेखिको लकडाउन, निषेधाज्ञा र शिलले जनजीवन कष्टकर भएको भन्दै फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराको आयोजनामा विहीबार विहान पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो । ‘लकडाउन हटाऔं, जनजीवन समान्य बनाऔं’ भन्दै गरिएको प्रदर्शनमा उद्योगी, ब्यापारी, शिक्षा व्यवसायीहरुको सहभागिता रहेको थियो । रोगका कारण भन्दापनि भोकका कारण मर्ने दिन आउन लागेको भन्दै उनीहरुले अब करीब ६ महिना लामो लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य रोक्न माग गरे… पुरा पढौ

लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै अब्बल आयोजना

कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै नमूना आयोजना बनेको छ । २०५८ सालमा स्थापित यो खानेपानी आयोजना देशकै नमूना खानेपानी आयोजनाका रुपमा स्थापित भएको हो । यो आयोजना यस अर्थमा नमूना बनेको छ कि यो जनताका लागि जनताकै लगानीद्वारा स्थापित र सञ्चालित आयोजना हो । अर्थात लेखनाथमा खानेपानी आपूर्ति गर्ने यो स्थानिय जनताका लागि जनताको लगानीमा जनताद्वारा नै सञ्चालित आयोजना हो । र यसले स्थापनाको छोटो समयमै आफूलाई देशकै अब्बल अयोजनाका रुपमा स्थापित गर्न सफल भएको छ… पुरा पढौ