अर्थ

बैंक डुब्छ वा डुब्दैन ? नेपालका निक्षेपकर्ताहरु कसरी सुरक्षित छन् ?

अहिले नेपालमा केहि ब्यक्तिहरु फलानो बैंक डुब्छ भन्दै बिभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् भने केहि बैंकिङ्ग तथा आर्थिक क्षेत्र भन्दा बाहिरका क्षेत्रका बिज्ञहरुले तथ्यभन्दा बाहिरका कुराहरु गरिदिनाले भ्रम पैदा हुनपुगी बैंकप्रति नकरात्मक बातावरण बन्न पुगेको छ । जसरी कुनै एकजना ईन्जिनियर वा पाईलटले आफू पढेलेखेको भयो भन्दैमा कुनै बिरामीलाई पेटको अपरेशन गर्नुपर्छ भनेर सल्लाह दिंदा गलत हुनसक्छ, त्यसरी नै एउटा क्षेत्रको बिज्ञले अर्को क्षेत्रको बिश्लेषण गर्दा गलत सूचना प्रवाह हुन सक्छ । मानिस सबै क्षेत्रमा बिज्ञ हुंदैन र यो बिज्ञ शब्दसंग… पुरा पढौ

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

फागुन १८ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन् । “चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा… पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ । महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । ‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सिमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय… पुरा पढौ

ओटेफद्वारा पत्रकार पाण्डे सम्मानित

फागुन१६ पोखरा । पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गरे । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उनलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुन् । हाल उनी पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत छन् ।… पुरा पढौ

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

पोखरा । पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै… पुरा पढौ

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव

पर्वतमा ‘तेस्रो राष्ट्रिय मगर महोत्सव’ मङ्गलबारदेखि सुरु भएको छ । ४२औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लब पर्वतले महोत्सव आयोजना गरेको हो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका छन । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था विस्तारै सुधार हुँदै जाने दाबी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै उनले विस्तारै अर्थतन्त्र चलायमान हसँदै गएकाले आर्थिक अवस्था पनि… पुरा पढौ

पर्वतमा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईँ हाम्रो… पुरा पढौ

डिडिसीले तिर्न बाँकी ६ अर्ब भुक्तानी यथाशिघ्र दिन दुग्ध किसानको माग

पोखरा, फागुन १५ सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले डिडिसीले तिर्न बाँकी ६ अर्ब बक्यौता रकम यथाशिघ्र भुक्तानी दिन माग गरेको छ । दूग्ध किसानहरुको साझा संस्था केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडको आह्वान अनुसार सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै दुग्ध किसानका बक्यौता रकम भुक्तानी दिन माग गरेको हो । संघका तर्फबाट संघका अध्यक्ष नवराज बरालले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा हाल किसानले… पुरा पढौ

घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा न्यौपाने

पोखरा, फागुन १५ घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा कमलप्रसाद न्यौपाने (कास्की) चयन भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा ईन्दु श्रेष्ठ (कास्की) चयन भएका छन् । श्रेष्ठ पृथ्वी होटल व्यवसायी समिति पोखराका महासचिव हुन् । त्यस्तै, महासंघको सचिवमा ताराप्रसाद तिवारी (कास्की) र कोषाध्यक्षमा कास्कीका अम्बिका घिमिरे (अमृत) चयन भएका छन् । कोषाध्यक्ष घिमिरे पृथ्वी होटल… पुरा पढौ