पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीहरु आफ्नो मूल्य,मान्यताबाट बिचलित भएको आरोप लगाएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले सहकारीका नाममा ठगी धन्दा र त्यसका सञ्चालकहरु ठगका रुपमा देखापरेको बताएका हुन् । सहकारीको नाममा ठगहरु देखापरेका छन्,उनले भने,‘जानाजान बचतकर्ताको पैसा दुरुपयोग गरिएको छ । अनियमितता भएको छ । अवैधानिक काम भएको छ । बचतकर्ताको ठूलो हिस्सा हिनामिना गरिएको छ ।’ उनले सहकारीको अचल सम्पतीबाट बचतकर्ताहरुको…
पुरा पढौ