ढोरपाटन । काठेखोला गाउँपालिका–४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिनेभएको छ । समुद्री सतहबाट दुई हजार पाँच सय ५० मिटरको उचाइमा रहेको झुलेनी, देउराली क्षेत्रमा काठेखोला गाउँपालिका र गण्डकी प्रदेशले संयुक्तरूपमा लगानी गरी संरचना निर्माण सुरु गरेका छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खालाले आगन्तुकलाई पर्खिरहे पनि आवश्यक पूर्वाधार नबन्दा झुलेनी क्षेत्रमा कमै पर्यटक पुग्छन् । यस अगाडि काठेखोला गाउँपालिकाले वनभोजस्थललगायतका संरचना निर्माण गरेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश उद्योग,…
पुरा पढौ