अर्थ

१२ औं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्‍याली

पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्‍याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्‍यालीको आयोजना गरेको हो । महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्‍याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो । र्‍यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले उकालो

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ । आज… पुरा पढौ

व्यवसायीक कृषिबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला

गलेश्वर । पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको हो । म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यावसायिक खेती गर्ने महिलाको सङ्ख्या बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत र व्यावसायिक खेती गरिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय… पुरा पढौ

पुल बनेपछि विकट गाउँ पालिकाको केन्द्रसँग जोडियो

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । विसं… पुरा पढौ

पोखरामा लोकल दूध भन्दै तराईको दूध बेचिदै, छैन रोक्ने संयन्त्र

पुस २४ पोखरा । गाई वा भैंसीको दूध दुहेको तीन घण्टा भित्रमा तताईसक्नु पर्छ । नत्र उक्त दूध उपभोगका लागि स्वस्थ मानिदैन । त्यसैले गोठमा दुहेको दूध तीन घण्टा भित्रमा उपभोक्ताको घरदैलोमा पुगिसकेको हुनुपर्छ । तर पोखरामा घण्टौपछि मात्रै उपभोक्ताको घरमा पुग्ने गरेको छ । तराईबाट ल्याएको दूध ढिलो गरेरमात्र उपभोक्ताको घरमा पुग्ने गरेको छ । त्योपनि तराईको दूध भनेर नभई पोखराको स्थानिय (लोकल) दूध भनेर उपभोक्तालाई बेच्ने गरेको पाइएको छ । केहि डेरी उद्योग तथा किसानहरुले उपभोक्तालाई पोखराको लोकल… पुरा पढौ

हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट

पुस २४ काठमाण्डौं । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रुपमा दर्ज भएको छ । हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो… पुरा पढौ

१२ औं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

पोखरा । १२ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र… पुरा पढौ

नेप्से परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा पहिलो पटक नदि तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया

पोखरा । जिल्ला समन्वय समिति कास्कीले पहिलो पटक नदिजन्य तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। कार्यक्रममा नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यका निति नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह गरेका छन् । कतिपय स्थानमा लापरबाहीपूर्बक गरिएका उत्खननले बिकास निर्माण ध्वस्त पारेको , खतरा उन्मुख रहेको पाइएको हुँदा सो प्रती सचेत हुन स्थानिय सरोकारवाला सहित व्यबसायिहरूलाइ आग्रह गरे ।… पुरा पढौ

ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले भने, “सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने… पुरा पढौ