अर्थ

जलविद्युतको विकासले उठेको ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले गति लिएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ । सरकारी तबरबाट राहुघाट… पुरा पढौ

कोन सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

पुस २१ पोखरा । पोखरा महानगरपालिका वडा न १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । २५ औं वार्षिकोत्सवको तथा रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको हो । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रमुख भेषराज रिजालले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । प्रमुख रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक… पुरा पढौ

शिक्षक हित बचत तथा ऋण सहकारीको १२औं वार्षिक साधारण सभा सम्पन्न

पुस २१ पोखरा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधरण सभाको प्रतिनिधि सभा सांसद दामोदर पौडेल बैरागीले उदे्घाटन गरे । उनले सहकारीको भावना र मर्म अनुसार अगाडी बढ्न आग्रह गर्दै यसको मर्मलाई आत्मसाथ गरेमा कुनैपनि वाह्य समस्याले संस्थालाई प्रभाव नपार्ने बताए । सांसद पौडेलले भने, ‘सहकारीको भावना र मर्म अनुसार अगाडी बढेमा कुनैपनि वाह्य समस्याले संस्थालाई प्रभाव पादैन ।’ उनले संघीय शिक्षा ऐनका बारेमा संसदमा आफू र आफ्नो दलले… पुरा पढौ

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

पुस २१ तनहुँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा… पुरा पढौ

१२ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्‍याली सहभागी गराउने

पोखरा । आगमी पुस अन्तिम सातादेखि हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्‍याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्‍याली सहभागी गराउने भएका हुन । शनिबार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्‍याली ब्यवस्थापन उपसमितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले १२ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व… पुरा पढौ

सुक्लागण्डकीमा कफी खेतीको सम्भावनाको खोजी

पोखरा, पुस २१ तनहुँको सुक्लागण्डकीमा कफी खेतीको सम्भावनाको खोजी भएको छ । कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आयोजना तथा सुक्लागण्डकी नगरपालिकाको सहयोगमा सुक्लागण्डकीमा कफी खेतीको सम्भावनाको खोजी गरिएको हो । नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम अन्तरगत ‘सुक्लागण्डकीमा कफी खेतीको सम्भावना र चुनौति’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले सुक्लागण्डकीमा कफी खेतीको सम्भावना रहेको बताए । कार्यक्रममा बोल्दै सुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुमबहादुर बिक (राजु)ले सुक्लागण्डकीमा कफी खेतीको सम्भावना रहेको तर चुनौतिलाईपनि सामना गर्नसक्ने जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । उनले… पुरा पढौ

म्याग्दीका योजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

पुस २० म्याग्दी । म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए । टोलीमा म्याग्दी प्रदेशसभा (२)बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद भण्डारी, बेनी नगरपालिकाका… पुरा पढौ

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री डा. महत

पुस २० पाल्पा । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन् । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए । अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताए । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने… पुरा पढौ

गोरखाका एक कुमारीले फलाए एउटै बोटमा नौ किलोको काउली

गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।” नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ… पुरा पढौ

बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ । कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी÷एससीएफ÷इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी÷व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ । सोहीअनुसार… पुरा पढौ