अर्थ

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका थिए। बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन् विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्किएका थिए । जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै… पुरा पढौ

प्रयोगविहीन हुन थाले म्याग्दीका झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म निकै व्यस्त थियो । नजिकै बेलिब्रिज र मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोग हुन छाडेको गलेश्वरका बासिन्दा धनीलाल गर्बुजाले बताउनुभयो । “मोटरबाटो र सडक नहुँदासम्म यो पुल तर्नका लागि पालो पर्खनुपर्ने थियो”, उनले भने, “अहिले सुनसान छ ।” धवलागिरि गाउँपालिकाको वडा नं ३… पुरा पढौ

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बँेसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उनले बताए । उक्त सडकमा विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो ।सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब… पुरा पढौ

एनसेल बिक्री प्रकरण: महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन… पुरा पढौ

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

मंसिर २० काठमाण्डौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ । एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक… पुरा पढौ

१२ औं पोखरा महोत्सव पुष २६ देखी महोत्सव सम्पन्न गर्न ३४ वटा उपसमिति गठन

पोखरा । १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा सुक… पुरा पढौ

पृथ्वीराजमार्ग अन्तर्गत मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएकोे हो । अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको… पुरा पढौ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन… पुरा पढौ

सुनाखरीको राजधानीमा भदौरे पञ्चासे महोत्सव

गण्डकी । सयौँ प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरे गाउँले ओगटेको छ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा रहेको यहाँबाट निलगिरि, धौलागिरि, माछापुच्छ्रेलगायत हिमाली दृश्य देख्न सकिन्छ । पोखराबाट ३० किलोमिटरको दुरीमा यहाँ पुग्न सकिन्छ । गाउँसहित समग्र पञ्चासे क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ भदौरेमा यही पुस पाँच गतेदेखि ९ गतेसम्म ‘२५औँ भदौरे पञ्चासे महोत्सव’ गर्न लागिएको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । उनका अनुसार भदौरे क्लब र भदौरे… पुरा पढौ

नगद ६ लाख ५० हजारसहित मदरल्याण्ड एक्सलेन्स अवार्ड

पोखरा। शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल पोखराको मदरल्याण्ड मा. वि. मा एक्सलेन्स अवार्ड प्रदान गरिएको छ । एक समारोहबिच कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ भन्दा बढी विद्यार्थीलाई नगद ६ लाख ५० हजारसहित मदरल्याण्ड एक्सलेन्स अवार्डका साथ मङ्गलबार विद्यालय प्राङ्गणमा सम्मान गरिएको हो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन र विज्ञान दुबै समूहमा नेपाल टप्न… पुरा पढौ