अर्थ

अर्थमन्त्री डा वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख… पुरा पढौ

पोखराका युवा व्यवसायी कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

पोखरा,३१ भदौ । पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ बाट सम्मानित भएका छन्।सिजन मिडियाको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक रहनुभएका कोइरालालाई प्रथम राष्ट्रपति डा। रामवरण यादवले ट्रफी तथा सम्मानपत्र प्रदान गरे । व्यवसायबाट रोजगारी सिर्जना गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।सुन तथा गरगहना व्यवसायमा सन् २०१३ देखि सक्रिय… पुरा पढौ

पोउवा संघले आयोजना गर्ने मेलाको संयोजक अध्यक्ष गौतम, बरिष्ठ उपाध्यक्ष बास्तोलालाई ‘हेल्प डेस्क’को जिम्मा

पोखरा,३१ भदौ । पोखरा उद्योग वाणिज्य संघले वर्षेनि आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यो वर्ष पनि निरन्तरता दिने भएको छ ।संघको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले अध्यक्ष शोभा गौतमलाई नै मेला कार्यसम्पादन समितिको संयोजकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।संघका महासचिव सुदिप प्रधानाङ्गका अनुसार मेलाको मिति भने बस्तुगत संघ तथा साझेदारहरुसँगको बैठकपछि तय गरिने छ ।संघकी अध्यक्ष गौतमको अध्यक्षतामा बसेको बैठकले सदस्य तथा गैरसदस्य उद्योगी÷व्यवसायीमाथि आइपर्ने समस्या समाधानको पहल गर्ने ‘हेल्प डेक्स’ संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलालाई… पुरा पढौ

प्रदेश उद्योग वाणिज्य संघ गण्डकीको उदाहरणीय कार्य : शवगृहको अभाव झेलिरहेको पोखराका अस्पताललाई पोर्टेवल शवगृह मर्चरी प्रदान

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशको राजधानी पोखराले शवगृहको अभाव झेलिरहेको छ । जसको परिणाम स्वरुप कुनै दैवी विपत्ती आईपर्दा शव व्यवस्थापनमा सकस हुँदै आएको छ । केहि दिन अगाडि भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न असहज भएको थियो । पोखरामा ८ वटा अस्पतालमा ८८ वटा शव अटाउने क्षमताको शवगृहहरु छन् । तर बाढीमा मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएपछि त्यसको व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्यो । जसका कारण पोखरा–१६ जौबारीस्थित सिंचाईको स्वामित्वमा रहेको गाँडतरामा शव जमिनमुनि व्यवस्थापन… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम… पुरा पढौ

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति,पुनरुत्थानका लागि चार अर्ब २३ करोड खर्च लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन ९आरडिएनए० प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई केफ मा.विको ३ लाख बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन्… पुरा पढौ

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित, सात अर्ब बढीको क्षति

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार रु ७ अर्ब २४ करोड बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने

पोखरा, भदौ २६ डागर स्मृति पुरस्कार–२०८३ युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको छ । समाजसेवी तथा पुस्तक व्यवसायी राजन प्रासर (डागर)को स्मृतिमा स्थापित सो पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको हो । संस्थाका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सर्वसम्मत रुपमा पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । २० हजार नगद राशिसहितको पुरस्कार राजन प्रासर डागरको २५ औं स्मृतिको दिन यहि भदौ ३१ गते ऋषिपञ्चमीको दिन अर्पण गरिने प्रतिष्ठानकी संस्थापक… पुरा पढौ