अर्थ

सडक पुनःनिर्माण तथा मर्मतका लागि एनटिभिएको सहयोग

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले गत साउनमा आएको विनासकारी बाढीका कारण क्षतिग्रस्त बिरेठाँटीहुँदै घोरेपानी, अन्नपूर्ण आधार शिविर जाने बाटोको पुनःनिर्माण एवम् मर्मतका लागि ५१ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका कार्यसमिति तथा व्यवसायी सदस्यहरूसँग सहयोग रकम संकलन गरी उक्त रकम आज आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष रविप्रसाद आचार्यले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर केसी र वडा नं ७ का वडा अध्यक्ष एवम् प्रवक्ता भरत गुरुङलाई उक्त रकम बराबरको चेक स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब रु १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । कार्यालयका अनुसार कोषका विभिन्न… पुरा पढौ

गण्डकी सरकारले बनायो घुसकाण्ड छानविन समिति, अख्तियारलाई पनि छानविनका लागि आग्रह गरिने

सन्देश श्रेष्ठपोखरा, असोज ५ गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डको गण्डकी प्रदेश सरकार आफैले पनि छानविन गर्ने भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि छानविनका लागि गुहार्ने भएको छ । गण्डकी प्रदेश सरकारको आईतबार साँझ बसेको मन्त्री परिषद बैठकले सो घुसकाण्डको छानविन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानविनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति… पुरा पढौ

‘उपभोक्ता अदालत प्रभावकारी बनाऔं’

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराका निर्देशक मनमोहन मिश्रका अनुसार गण्डकीमा उच्च रक्तचापका बिरामी आर्थिक वर्ष २०७९/८० मा १ लाख ४ सय १६ रहेकामा २०८२/८३ मा बढेर २ लाख २१ हजार ८ सय २६ पुगेका छन्। मधुमेहका बिरामी पनि ३५ हजार ४ सय २२ बाट बढेर ६० हजार २ सय ३ पुगेका छन्।त्यस्तै, हृदयरोगका बिरामी २०७९/८० मा १… पुरा पढौ

रसुवा बाढी प्रभावितलाई धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् । तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी… पुरा पढौ

पुम्दी-भुम्दी पर्वतीय दौडमा युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर

पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड जोडिएको छ। पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्धनलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष पनि प्रतियोगितासँग सहकार्य गरेको आयोजकले जनाएको छ। प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। पोखरा प्रवर्धन केन्द्र… पुरा पढौ

पाल्पाली बहुउद्देश्यीय सहकारीमा रेशमराज थापा

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिलप्रसाद अर्याल, सचिवमा युमाया पुन पचभैया र कोषाध्यक्षमा पदमप्रसाद पोखरेल चयन भएका छन्। यसैगरी सञ्चालक समितिको सदस्यहरूमा रमेशकुमार पौडेल, गिरीराज पोखरेल, इन्दिरा कँडेल, निर्मला विक र अनुपमान कर्माचार्य छन्।अधिवेशनले सहकारीको लेखा समिति संयोजकमा दामोदर बस्याल र सदस्यहरूमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चुनिएका छन्। संयोजक श्यामनाथ कुँवरको… पुरा पढौ

कास्की मोर्डनाइज्डद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनका लागि नगद ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम नेसनल प्याब्सन कास्की मार्फत २ लाख, केन्द्रीय समिति मार्फत १ लाख र हिसान कास्की मार्फत १ लाख गरी जम्मा ४ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य तथा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष समेत रहेका राम बहादुर मोचीले नेसनल प्याब्सनका… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितलाई जनजागरण र चण्डिका आमा समुहको सहयोग

भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । गत भदौं १० गते आएको विनासकारी बाढीले प्रभावित बनेकाहरुको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका बिभिन्न संघ संस्थासहित व्यक्तिहरुले पनि रकम जम्मा गरेका छन् । पोखरामा पनि सामाजिक संघ संस्थादेखि व्यक्ति स्वयंले स्वतस्फुर्त स्पमा रकम जम्मा गरेका हुन् । पोखरा १६ बाटुलेचौरस्थित चण्डिका आमा समुहले पनि बाढीपीडितको सहयोगार्थ ५१ हजार १६० रुपैयाँ प्रदान गरेको छ । उक्त रकम… पुरा पढौ

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी… पुरा पढौ