अर्थ

रसुवा बाढीपीडितलाई महिला समाज कल्याणको एक लाख बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरामा रहेका बिभिन्न आमा समुहले सहयोग अभियानलाई जारी राखेका छन् । बाढीबाट प्रभावित नागरिकका लागि लामाचौरमा रहेको महिला समाज कल्याण आमा समुहले एक लाख बढी सहयोग गरेको छ । समुहले संकलन गरेको १ लाख ६ हजार ५८० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमाजम्मा गरिएको अध्यक्ष लायन हिरा भण्डारीले जानकारी दिईन् । संकलित रकमबाट बचेको १ हजार ४५ रुपैयाँ एक क्यान्सर पिडित युवालाई सहयोग गरिएको उनले बताईन् ।समुहले संचालन गरेको अभियानमा समुहमा… पुरा पढौ

भोटेकोशी बाढी पीडितलाई बुहारी समूह तेर्सापट्टीको ७८ हजार सहयोग

पोखरा, भदौ २५ बुहारी समूह तेर्सापट्टीले भोटेकोशी बाढी पीडितका लागि ७८ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएपछि उनीहरुको उद्धार तथा राहतका लागि बुहारी समूह तेर्सापट्टीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । सहयोग रकम सानो भए पनि बाढी पीडितको परिवारमा केहि आशा र राहत मिलोस् भन्ने उद्धेश्यले आफूहरुले सहयोग गरेको समूहकी अध्यक्ष नीलम उदासले बताईन् । पुरा पढौ

करिब ३ करोड संकलन गर्दै,सन्तानेश्वरको महायज्ञ सम्पन्न

पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिए। दान तथा सहयोग आउनेक्रम जारी नै रहेकाले संकलित रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ।प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।महायज्ञ समापनमा… पुरा पढौ

रातोपैह्रा सामुदायिक वनबाट राहत कोषमा आर्थिक सहयोग

पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु.१५ हजार सहयोग गरेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएर पीडामा रहेका नागरिकको दुःखमा साथ दिन कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आप्mनै खर्च कटाएर सहयोग संकलन गरेका हुन् । उनीहरुले १३ हजार संकलन गरेकोमा समूहको कोषबाट थप रु. दुई हजार गरी जम्मा रु. १५ हजार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको समूहका अध्यक्ष भगवान पोखरेलले जानकारी दिए । “समूहको आम्दानी खासै छैन । तर विपत्तिमा… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ ।त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम रु १२ अर्ब ४३ करोड ३३… पुरा पढौ

कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत

पोखराकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको छ।विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट सो रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपैयाँ सङ्कलन भएको छ । शिक्षक र कर्मचारीहरुले ९२ हजार ५ सय ८६… पुरा पढौ

भजनबाट उठेको रकम भोटेकोशी बाढी पीडितलाई

पोखराको एक भजन समुहले भजन गाएर संकलन गरेको रकम भोटेकोशी बाढी पीडितलाई सहयोग गरेका छन् । भदौं १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई पोखरा १६ मा रहेको अमलाबिसौंनी धोविनी पाटन भजन समुहले नगद १० हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । उक्त रकम समुहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको समुहका संयोजक राजेन्द्र शाही ठकुरीले जानकारी दिए ।विनाशकारी बाढीबाट आफ्नो परिवारसहित सम्पुर्ण गुमाएका परिवारलाई सान्त्वना स्वरुप सानो रकम भए पनि सहयोग गरेको… पुरा पढौ

रसुवा बाढी पीडितलाई जोन्टा क्लवको १ लाख ५० हजार राहत

पोखरा, २४ भदौ ।रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ ।क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को चरणमा… पुरा पढौ

तीज मेला स्थगित गरेर टेवानले दियो रसुवा बाढी पीडितलाई १ लाख १ हजार १ सय ११

पोखरा, २४ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताइन् । टेवानले तीजकै अवसरमा हरेक वर्ष बाराहीघाटमा आयोजना गर्दै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । ‘यस्तो परिस्थितिमा मेला आयोजना गर्न… पुरा पढौ

फेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवारमध्य मनोहरी पौडेल एक्लो बिजेता

पोखरा । पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सवैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना ९ जना व्यवसायीलाई उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन्। फेन्सी तथा रेडिमेड व्यवसायी… पुरा पढौ