अर्थ

सडक पहुँचले ग्रामिण क्षेत्रका नागरिकको जीवनशैली फेरिँदै

ढोरपाटन । करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ । दुरदराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक अधिकांश स्थानमा गाडी गुड्न थालेका छन् । घरै अगाडिबाट गाडी गुड्न थालेपछि यहाँका पाका मानिसहरु दङ्ग छन् । जिल्लाको सबैभन्दा… पुरा पढौ

पर्यटकीय गन्तव्य पहिचान एवम् प्रवर्द्धन गर्दै पोखरादेखि हिँडेको टोली नवलपुरमा

गण्डकी । नेपाल एशोसिएशन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर पुुगेको छ । सञ्चारकर्मीसहितको पर्यटन व्यवसायीको १९ सदस्यीय टोली तीन दिने कार्यक्रम अन्तर्गत पोखराबाट गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा सुरु गरेको थियो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन जरुरी रहेको अवस्थालाई दृष्टिगत गरी पोखराबाट बागलुुङ हुँदै नवलपुरसम्मको गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम तय गरिएको नाट्टा गण्डकी प्रदेशका… पुरा पढौ

ट्र्याक खुलेको २० वर्षपछि गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै

गलकोट । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ । बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड लागत अनुमान गरिएको सडक रु सात करोड… पुरा पढौ

व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत परासर मार्ग कालोपत्र गरिँदै

तनहुँ । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो । उक्त मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । “कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने, “कृषि,… पुरा पढौ

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । “तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ”, उनले भने । अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ । तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि पृथ्वी होटल व्यवसायी समिति पूर्वी नेपालमा

पोखरा । पृथ्वी होटल व्यवसायी समिति आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । समिति ‘आन्तरिक पर्यटन प्रवद्र्धन, हाम्रो अभियान’ नारासहित आजदेखि पूर्वका विभिन्न जिल्लाका विभिन्न जिल्लाको ४ दिने भ्रमणमा निस्किएको हो । शनिबार पोखराबाट निस्किएको टोलीले आज इलाममा अन्तरक्रिया तथा पोखरा भ्रमणको निम्तो बाडेर, बिर्तामोर्ड आइपुगेको छ । भ्रमणका क्रममा समितिको टोलीले होटल व्यवसायी, स्थानिय सरकार, सरोकारवाला निकाय लगायतसँग पोखराको पर्यटन प्रर्वद्धनका विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । समितिले पोखरा घुम्न आउने पर्यटकहरुलाईसमिति… पुरा पढौ

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप : पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

चैत २५ पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख… पुरा पढौ

आलु महोत्सव शुरु

चैत २५ पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए । उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे ।प्रमुख… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच सातौ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा राजेश खाँडको टिम प्रथम हुदै नगद चौविस हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अकित श्रेष्ठको टिम द्वितीय हुदै नगद सोहृ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडीको उपाधि सुमन तामाङले प्राप्त गरेका थिए । यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि गण्डकी प्रदेशका… पुरा पढौ