अर्थ

व्यापार मेला : ६ करोडको कारोबार

मंसिर २८ पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए । ‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’ संघका… पुरा पढौ

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

मंसिर २८ काठमाण्डौं । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो । बैंकको प्रधानकार्यालय मनिलाबाट आज जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू… पुरा पढौ

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

मंसिर २८ काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए । उनल भने, “फोहोरको भाँडोमा सुन… पुरा पढौ

लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ : संयोजक बुद्धिमाया मगर

मंसिर २८ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती स्थानियको एकता कति मजबुद छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक एवं वडा नं.–२७… पुरा पढौ

चार महिनामा भित्रियो रु. चार खर्ब ७७ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिनामा रु. चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले… पुरा पढौ

सुनको भाउ फेरि उकालो लाग्यो , एकैदिन २८ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसनर आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । यसैगरि, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ… पुरा पढौ

गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा अर्काे नयाँ पुल बन्दै

वालिङ । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो । विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जीनीयर आशिष रिजालले जानकारी दिए । “पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्” उनले भने, “एकहप्ता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जातर्फको… पुरा पढौ

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

गण्डकी । पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ । मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा… पुरा पढौ

सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा

ढोरपाटन । लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष रु ६० करोड विनियोजन गरेको थियो । गत… पुरा पढौ

बुद्धसिंह मार्ग :कालोपत्र गर्न नाला निर्माण

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ । उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेभएपश्चात् निर्माण कम्पनीले काम सुरु गरेको हो । सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका–१३ सोढेंँसम्म दश किलोमिटर खण्ड आक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिनेछ । कूल ३२ किलोमिटर दूरीमध्ये चालु आर्थिक वर्षमा दश किलोमिटर कालोपत्रका लागि… पुरा पढौ