अर्थ

प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत

पुस ३ उदयपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उनले उल्लेख गरे । उदयपुरको कटारी नगरपालिकामा आज स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएका बताए । मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उनले राष्ट बैंकसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताए । “नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला… पुरा पढौ

बाह्रौँ पोखरा महोत्सवको तयारी तीब्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पुस ३ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

एनसेल प्रकरण : छानबिन समितिबाट दूरसञ्चार प्राधिकरणको अधिकारमा असर पर्दैन : प्रधानमन्त्री प्रचण्ड

पुस ३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी छलफलमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै नियामक निकायका सल्लाह, सुझाव र समन्वयमा नै समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । उनले पर्याप्त छलफल, बहस र साझा निष्कर्षका आधारमा समिति बनाइएको पनि जानकारी दिए । प्रधानमन्त्री… पुरा पढौ

लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा कविता वाचन

पुस २ पोखरा । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको… पुरा पढौ

मुस्ताङचोकको शनिबारे अर्गानिक हाटमा ग्राहकको आर्कषण बढ्दो

नेपाल गृह श्रमिक महिला संघ र जागरण महिलाको आयोजनामा पोखराको मुस्ताङचोकमा लाग्ने शनिबारे अर्गानिक हाटमा ग्राहकको आर्कषण बढ्दो रहेको आयोजकले जनाएको छ । प्रत्येक शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने हाटमा आफ्नो घरमै लगाइएको तरकारी तथा खाद्य सामाग्री किन्ने तथा अवलोकनका लागि आउनेहरुको संख्या बढ्दो रहेको आयोजकको दाबी छ । बिहान १० बजेसम्म सञ्चालन हुने हाटमा साग, धनिया ,तरूल, पिँडालु, च्याउ, धुप, गेडागुडी ,अर्गानिक फपरको पिठो बाट बनाएको कुकिजहरुप्रति ग्राहको आर्कषण रहेको आयोजक नेपाल गृह श्रमिक महिला संघकी अध्यक्ष गिता… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

पुस २ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र… पुरा पढौ

बैदाम प्रहरीद्वारा १९ लाख ९० हजारको चेकसहित महत्वपूर्ण कागजात बरामद

पोखरा, पुस २ प्रहरीले करीब २० लाख बराबरको चेकसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको मोटरसाइकल गस्ती प्रहरी टोलीले पोखरा–५ मालेपाटनमा १९ लाख ९० हजारको विभिन्न चेकसहित महत्वपूर्ण कागजात भेट्टाएको हो । गस्तीका क्रममा मालेपाटन सडकखण्डको झाडीमा सेतो प्लाष्टिकको झोला भेटिएपछि खोलेर हेर्दा पोखरा–२५ हेमजाका ३८ वर्षिय भेषबहादुर विकको नाममा ग्रीन डेभलपमेन्ट बैंकको ९ लाख चालीस हजारको चेक, मुक्तिनाथ विकास बैंकको १० लाख चालीस हजारकै अर्को चेक र नेपाल ईन्भेष्टमेन्ट बैंकको १० हजारको अर्को एक… पुरा पढौ

प्रतिभा माविमा व्यावसायिक प्रस्तुती प्रतियोगिता

पोखरा, पुस २पोखराका अगुवा व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ ।पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ । क्षमता र… पुरा पढौ

लेखनाथ महोत्सव आफैंमा एउटा ब्राण्ड हो : प्रचार प्रसार संयोजक सुवेदी

पुस १ पोखरा । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा आईपुगेको छ । महोत्सव सञ्चालनको मिती नजिकिंदै गर्दा यस क्षेत्रका विभिन्न आमा/महिला समुहहरु, विभिन्न भाषा भाषी र जातजातीहरु आफ्नो मौलीक संस्कार र संस्कृतिको प्रर्दशनको तयारीमा जुटेका छन भने साना देखी ठुला व्यवसायीहरु व्यापार व्यवसायको प्रर्वद्धन एवं उत्पादन विक्रि वितरणका लागी जुट्दैछन । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा… पुरा पढौ