अर्थ

पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

पर्वत । पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ । कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए। कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी… पुरा पढौ

सडक खुलेपछि निसीखोलाका ग्रामिण क्षेत्रमा सामान ढुवानी गर्न सहज

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो । असोज पहिलो साता नै सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाका कारण काम हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष ढिलासम्म वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन ढिलाइ भएको उनको भनाइ थियो । ढिलै भए पनि सडक सञ्चालनमा आएपछि स्थानीयलाई सामान ढ्वानी गर्न सहज… पुरा पढौ

पोखरा महानगरको बजार अनुगमन: ६५ हजार जरीवाना र १२ हजारको मासु नष्ट

कात्तिक २ पोखरा । पोखरा महानगरपािलकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुजन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट,… पुरा पढौ

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।हिजो सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यसैगरि, आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज… पुरा पढौ

पोखराको सिटि स्क्वायरमा फर्निचर मेला शुरु

पोखरा । फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ । कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ । जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले वताए । चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको… पुरा पढौ

‘होटलका कोठाहरु अपराध गर्ने र अपराधी लुक्ने स्थल’ नबनोस्

पोखरा, कात्तिक १ वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठाहरु अपराध गर्न स्थल बन्न नदिन होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालीको महान चाँड बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठलगायतका पर्वहरुको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्यटकीय नगरी पोखराको मुटु मानिने वडा प्रहरी कार्यालय बैदाममा भर्खरै मात्र सरुवा भएर आएका डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधीपनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । होटलका कोठाहरु अपराध गर्ने घटनास्थल नबनून्,… पुरा पढौ

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको अनुगमन

पोखरा । गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत वालिङ र स्याङजाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुुगमन, अवलोकन, अनुुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत तनहुँको ब्यास नगरपालिका, स्याङजाको वालिङ, भीरकोट नगरपालिका र फेदीखोला गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमन सम्पन्न भएको हो । पालिकाहरुले सुचना प्रविधि, सडक सुरक्षा, कृषि र सरसफाईको क्षेत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी कार्यक्रमको सहयोगबाट… पुरा पढौ

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

गलकोट । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके… पुरा पढौ

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

पर्वत । मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पु¥याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए । पाक्न थालेको… पुरा पढौ