पोखरा, मंसिर २३ नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दाहेर्दैको नाङ्गो डकैती भएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठन नेपाल, कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एनसेल बिक्री सिधै हेर्दाहेर्दैको डकैती भएको बताएका हुन् । एनसेल बिक्री काण्डमा सामेल कोहिपनि छुट्न नहुने भन्दै उनले भने,‘यो लुट, ब्रह्मलुट, सिधै हेर्दाहेर्दैको नाङ्गो डकैती हो । यसमा संलग्न कोहिपनि नछुटोस् ।’ अध्यक्ष नेपालले एनसेलको स्वामित्व अहिले…
पुरा पढौ