गलेश्वर । म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना जङ्गल बन्दै जाँदा जङ्गली जनावरको चहलपहल बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ दाउरा, घाँस र स्याउला फँडानी रोकिएपछि जिल्लाका सामुदायिक वन हराभरा भएका छन् । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि हुनुका साथै पछिल्लो समय ती जनावर गाउँबस्तीमा प्रवेश गर्न थालेका म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विकले बताए । म्याग्दीको रुम, निस्कोट, ओखरबोट, देवीस्थान, बगरफाँट, गौश्वारा, भकिम्ली, अर्मन, बरङ्जालगायत ७३ वटा…
पुरा पढौ