गण्डकी । झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो । सुरुमा हेम्जामा व्यवसायिक आलुखेती थालिएकामा पछिल्लो दशक महेन्द्रगुफा, अर्मला, कुडहर हुँदै लेखनाथ क्षेत्रका गगनगौँडा, मालमूल, बेलबुटे, राजाचौतारा, बागमारालगायत स्थानमा विस्तार भएको हो । पोखरा महानगरपालिका–३२ को तल्लो गगनगाँैडा,…
पुरा पढौ