अर्थ

डिमुवा बचत तथा ऋण सहकारीको साधरण सभा सम्पन्न

पर्वत । डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पर्वतको डिमुवामा अवस्थित सहकारीको नवौं साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दिपेन्द्र लामिछानेले उद्घाटन गरे । उनले समाजको विकासमा सहकारीको भुमिका भुमिका महत्वपूर्ण रहेको बताए । उनले सदस्यहरुको हितलाई केन्द्रमा राखेर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ठक्कर प्रसाद शर्मा , नुवादत्त लम्साल, बाबुराम शर्मा, रामचन्द्र सुवेदी लगायतले बोलेका… पुरा पढौ

सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न

मंसिर १६ पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसंगै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन, जगेडाकोष बृद्दिसंगै सदस्यहरुले ‘मेरो सहकारी’ भन्ने भावनाको विकास गराउनुपर्ने बताए । समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई… पुरा पढौ

पवित्र बचत तथा ऋण सहकारीद्वारा विद्यार्थी सम्मान

मंसिर १६ पोखरा । पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो । विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे । रानाभाट÷भाट समाज नेपालका… पुरा पढौ

डेढ दशकदेखि बन्द भएका पर्वतका ढुङ्गाखानी सञ्चालनको माग

पर्वत । लामो समयदेखि बन्द यहाँको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् । विशेष गरी यहाँको ढुङ्गा घर छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ । मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली र… पुरा पढौ

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११… पुरा पढौ

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय

ढोरपाटन । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ ।… पुरा पढौ

“साना र टुुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्नु” : मुुख्यमन्त्री पाण्डेको

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिएका छन् । म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिएका हुन्। “सङ्घीय सरकारले प्रदेशलाई रु दुुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र सङ्घीय मन्त्रीहरुलाई पाँचरसात बजेटका… पुरा पढौ

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय

मंसिर १५ काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । भोलिदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ । प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८… पुरा पढौ

१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् । पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् । छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ , पोखरा आदर्शले तेश्रो चरणको… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला : नाफामुखी नभई उद्यमशीलता विकासमा समर्पित भएको जिकिर

मंसिर १५ पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्धेश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ । आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको जिकिर गरे । उनले पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको इतिहास कोट्याउँदै भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा… पुरा पढौ