अर्थ

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको… पुरा पढौ

तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी

दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९र८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । त्यसमध्ये स्थिर पुँजी रू ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालु पुँजी रू ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज… पुरा पढौ

नेपाल औषधि व्यावसायी कास्कीको वरिष्ठ उपाध्यक्षमा सन्तोष पराजुलीको उमेदवारी

पोखरा, मंसिर ४ नेपाल औषधी व्यवासायी संघ कास्कीको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिएका छन् । संघको यहि मंसिर ८ र ९ गते पोखरामा हुन गइरहेको अधिवेशनमा पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उम्मेदवार पराजुली युवा व्यवसायी हुन् भने उनी औषधी व्यवसायीमाझ लोकप्रिय छन् । असल, सरल र सहयोगी व्यवसायीका रुपमा परिचय बनाएका पराजुलीले फिस्टेल फार्मेसी प्रा.लि सञ्चालन गर्दै आएका छन् । उनले फिस्टेलबाहेक पुकार मेडिसेल्स, समीक्षा मेडिसेल्स, माई सर्जिकेम, सहारा फार्मेसी, तालवाराही फार्मेसी र सफलता… पुरा पढौ

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिए । “दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ,” उनले भने, “पन्ध्र–बीस मिनेटमै… पुरा पढौ

राष्ट्रिय आर्थिक बहसका लागि महासङ्घद्वारा सुझाव माग

मङ्सिर ३ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो । महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय… पुरा पढौ

भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रका तीन हजार स्वयंसेवक

मङ्सिर ३ कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । पार्टी निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । उनले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय… पुरा पढौ

आठ वर्षमा पनि निर्माण सकिएन् कालीगण्डकी नदीमा मोटेरबल पुल

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए । पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले निराश भएका छन् । “पुल बन्ला भनेर आलु, बन्दा, काउली, जागर, किबी लगाएका थियौँ,” कुञ्जोकी नन्दकुमारी तुलाचनले भने, “पुल नबन्दा उत्पादन गरेका तरकारी… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

गलकोट । बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई… पुरा पढौ

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ । आर्थिक… पुरा पढौ

महको पकेट क्षेत्र बन्दै पोखराको अर्मला

गण्डकी । पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्पm आकर्षक भएका हुन् । रु तेईस लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय… पुरा पढौ