म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । पर्यटन विभाग, अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा चार आश्रयस्थल निर्माण गरिएका हुन् । आश्रयस्थल निर्माण भएपछि बस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएको नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा जाने पदमार्गलाई सहज भएको स्थानीयवासी तेज गुरुङले बताए । “सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा आश्रयस्थल निर्माण गरिएका छन्,” उनले भने “पर्यटकको चाप बढेकाले आश्रयस्थलको सङ्ख्या र क्षमता बढाउनुपर्ने…
पुरा पढौ