अर्थ

एगाको २० औ साधारणसभा सम्पन्न

भदौ १७ पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २० औं वार्षिक साधारणसभा एक कार्र्यक्रमका बीच सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताए । कोरोना महामारीसँगै आर्थिक मन्दी लगायतका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुर्नरुत्थानमा राज्यको सहयोग आवश्यक भएको बताउँदै उनले पर्यटन व्यवसायीका समस्याहरू सुनुवाई हुन नसकेको बताए । बन्दै गरेको पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रका… पुरा पढौ

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिद्रवारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पोखरा । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६÷१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ । पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिए । ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने बताए । उनले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने… पुरा पढौ

बाल कल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट युनिश गुरुङ पुरस्कृत

पोखरा । एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ । विभिन्न कम्पनीका… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनको तयारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दशैँ अघि सञ्चालन गरिने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई वटा पुल दशैँअघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दशैँअघि सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा… पुरा पढौ

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

गलेश्वर । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान… पुरा पढौ

संरक्षणको पर्खाइमा घोडेपानीको सङ्ग्रहालय

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ । दुई दशक अघि स्थापना भएको उक्त सङ्ग्रहालयको भवन साँघुरो र जीर्ण छ । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले २०६० सालमा कच्ची भवनमा स्थानीय सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गरेका थिए । ग्रामीण जीवनशैली, संस्कृति बुझ्ने र हेर्नका लागि आँखिझ्यालको रुपमा रहेको उक्त सङ्ग्रहालयको भवन पुरानो भएकाले नियमित सञ्चालन गर्न नसकिएको समूहका अध्यक्ष तारा गर्बुजा पुनले बताए । “पुरानो र साँघुरो भवनमा रहेका सामानलाई जोगाउनै समस्या छ,”… पुरा पढौ

तीन दशकदेखि अलपत्र ‘बीऊ घर’ सञ्चालनको माग

पर्वत । कुश्मा नगरपालिका– ९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीऊ घर’ (मिनिसिड हाउस) सञ्चालनका लागि माग स्थानीयले गरेका छन् । बीऊ घर विगत तीन दशक अघिदेखि अलपत्र अवस्थामा छ । किसानले उत्पादन गरेका अन्न तथा तरकारी बाली प्रशोधन र परीक्षण गर्न सञ्चालनमा ल्याइएको बीऊ घर सम्बन्धित निकायको बेवास्ताका कारण २०४९ सालदेखि बन्द छ । विसं २०३३ मा बनेको भवन र लाखौँ मूल्यका उपकरण प्रयोगमा आउन नसकेकाले भवन भत्कने र उपकरण कामै नलाग्ने अवस्थामा पुगेक स्थानीय रामशर्मा पौडेलले बताए ।… पुरा पढौ

तनहुँका दुई गाउँपालिकामा सयपत्री फूलको व्यवसायिक खेती सुरु

तनहुँ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो । आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूल खेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। विदेशबाट आएको पुष्प… पुरा पढौ

कोदोबालीमा खुम्रे कीराको समस्या,किसान चिन्तित

गलकोट । बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ । बागलुङ नगरपालिका–८ सिगाना,… पुरा पढौ