बाल कल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट युनिश गुरुङ पुरस्कृत


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित




पोखरा । एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत भएका छन् ।

बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ ।

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् । हाल उनी एसोसिएट प्रेस ९एपी०लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् ।

यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।