अर्थ

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

भदौ २ काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो । उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको… पुरा पढौ

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

भदौ १ पोखरा । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो । ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैं सडकमा निस्किएका थिए । पोखराको औद्योगिक… पुरा पढौ

पोखराको नागढुंगास्थित चरक हस्पिटलले गर्‍यो सफलतापूर्वक छाती चिरेर मुटुको शल्यकृया

पोखरा, भदौ १ पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले छाती छिरेर मुटुको शल्यकृया अर्थात ओपन हर्ट सर्जरी गरेको छ । अस्पतालले गण्डकी प्रदेशमै पहिलो पटक पोखरा–२० भलामका ४५ वर्षिय विष्णु गौतमको छाती चिरेर सफलतापूर्वक शल्याकृया गरेको हो । मुटुको दुईवटा नशा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका गौतमको करीब ४ घण्टा लगाएर मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको चरक अस्पताल नागढुंगा पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गौतमको… पुरा पढौ

विपद् न्यूनीकरण गर्न जुट्दै तनहुँका स्थानीय तह

तनहुँ । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले समेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न र पहिरो रोकथाममा भएका प्रयास पर्याप्त देखिँदैनन् । यद्यपि, भू तथा जलाधार व्यवस्थापन कार्यालय तथा जिल्लाका १० वटै पालिकाले बाढी र पहिरोको क्षतिलाई न्यूनीकरण गर्ने गरी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएका छन् । व्यास नगरपालिका मादी र सेती नदीको कटान क्षेत्रमा पर्दछ… पुरा पढौ

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए। “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उनले… पुरा पढौ

पर्वतमा बाँदरबाट क्षति रोक्न वैकल्पिक बालीका रुपमा तरुलखेती

पर्वत । गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको जग्गा सदुपयोग गर्न महाशिला गाउँपालिका–१ होश्राङ्दीका बासिन्दाले नयाँ जुक्ति अपनाएका छन् । बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो । मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न थालेपछि यस वर्षदेखि व्यावसायिक तरुलखेती गर्न थालिएको छ ।… पुरा पढौ

विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो… पुरा पढौ

पोखरा फुटवयर बिजनेस सेन्टरकाे छुट अफर

पोखरा । पोखराको सिर्जनाचोकमा सञ्चालनमा आएको ‘पोखरा फुटवयर बिजनेस सेन्टर’ले विशेष छुट अफर ल्याएको छ । बिजनेस सेन्टरमा जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ । कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजकको भनाइ छ । बिजनेस सेन्टरमा १० वटा कम्पनीका जुत्ता चप्पलहरुको शोरुम राखिएको छ । सबै ब्राण्डका जुत्ता चप्पल खरिदमा यो अफर तथा छुट लागु… पुरा पढौ

गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

गत आर्थिक वर्ष २०७९र८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा आवमा खाद्य… पुरा पढौ

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

साउन ३२ काठमाण्डौं । नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बंैक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, युएसएआइडी र विश्व बैंकले आगामी पाँच वर्षमा उक्त बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारसँग गरिने संयुक्त वित्तीय सम्झौतालाई आज अन्तिम दिन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको… पुरा पढौ