अर्थ

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

साउन ३२ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना ९युनान० नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था… पुरा पढौ

गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत

साउन ३२ सिरहा । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलाको समापन समारोहमा उहाँले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने विश्वास व्यक्त गरे । “निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो । फेरि सँगसँगै आएका छाँै र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ”, मन्त्री महतले भन्नुभयो, “मलाई पूरा विश्वास छ, यो सरकारले पूरा… पुरा पढौ

‘हेलिकोप्टर चढेर जाने खर्चले बाढी पीडितलाई आवश्यक सामान किनेर पठाएँ’

पोखरा, साउन ३२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेश सभामा ‘बाढीपहिरोले पु¥याएको क्षेती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका हुन् । प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने,‘सरकार छैन, म एक्लो छु । वा जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने छैन… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० रुपैयाँले घटेको हो । सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताए । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताए । “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छाँै”, आचार्यले भने, “नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।” मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई… पुरा पढौ

सामाजिक सुरक्षा योजनालाई एकीकृत र सघनरुपमा सञ्चालन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताए । सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त योजनाको दिगोपनाका लागि विभिन्न सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई पनि योगदानमा आधारित बनाई यसमा देखिने दोहोरोपना हटाउन एकीकृत सामाजिक सुरक्षा संरचना तयार गरी गाभिँदै लगिने बताए । कोषलाई राज्यको सामाजिक… पुरा पढौ

जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना तिराउने गाउँपालिकाको निर्णय

पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर रोकाले जुवातास खेलाउनेलाई रू ५० हजार र खेल्नेलाई रू पाँच हजार जरिवाना तोकिएको जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्न नपाउने नियम बनाइएको छ… पुरा पढौ

जिल्लाका लेकाली क्षेत्रका खेतमा धानका गाभा, बारीमा सिरु र झार

गलेश्वर । म्याग्दी जिल्लाका लेकाली क्षेत्रका खेतमा धानका गाभा भरिन थालेका छन् । यस वर्ष पर्याप्त वर्षा नभएकाले जेनतेन रोपाइँ गरेका किसान रोपो (खेत)को स्याहारमा व्यस्त भए पनि उनीहरूले बारीमा कोदो रोप्न भने चासो दिएका छैनन् । कोदो उत्पादन हुने बारी बाँझै छन् । नेपालमा बर्सेनि करोडौँ रुपैयाँका कोदो आयात भइरहेको भए पनि कोदो उत्पादन हुने गाउँका बारी वनमाराले ढाकिएका छन् । कसैकसैले बारीका कान्ला र गरामा फलफूल खेती गरेका भए पनि अधिकांशका बारीमा सिरु पmुलेको छ । म्याग्दीका ग्रामीण… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । यसैगरि, आज चाँदी तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक बाह्रदिनपछि खुल्यो

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । “सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,” उनले भने “मौसममा… पुरा पढौ