अर्थ

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा दिनेशचन्द्र बास्तोला

मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।समितिमा बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी ९नारायण० तथा सह–कोषाध्यक्षमा मनोज बास्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।नेपाल मुद्रण उद्योग… पुरा पढौ

होटल संघद्वारा पर्यटनमन्त्री सिन्हालाई पाँच बुँदे ध्यानाकर्षण

होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराएका थिए । उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई संघले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराएको थियो… पुरा पढौ

पर्वतमा गोरु पाल्ने किसानलाई अनुदान रकम प्रदान

पर्वतको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही रु १० हजार प्रदान गरिएको छ । यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिए । ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा,… पुरा पढौ

लेखनाथ महोत्सवमा २ लाख ५० हजार दर्शक

लेखनाथ, ११ पुस ।लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमान महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्। महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ ।  विदाका दिनमा मात्र  करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार… पुरा पढौ

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, पुस ११ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि शुरु हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आईतबारदेखि शुरु भएर पुस १७ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा… पुरा पढौ

पोखराको कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”,… पुरा पढौ

पोखराको कृस्ती हर्राबोटमा सुन्तला महोत्सव : खरिद गर्ने धेरै, बेच्ने थोरै

सन्देश श्रेष्ठपोखरा, पुस १० पोखरामा विहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तलाको पकेट क्षेत्र पोखरा–२१ हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको सहयोग तथा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको महोत्सवमा कृषक भने बेखूस देखिए । कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ । महोत्सवमा सुन्तलाको पहाड बनाउने भनिएको थियो । तर सुन्तलाको पहाड त थियो तर एकदमै सानो । कृषकले… पुरा पढौ

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ । चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पहुँच सडक निर्माणका लागि व्यास–४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास–५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ । पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआइष्टी जेभीले चार लेनको… पुरा पढौ

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए । प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताए । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च… पुरा पढौ

१४ औं पोखरा महोत्सवको तयारी तीब्र

पोखरा । १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव… पुरा पढौ