अर्थ

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ

गण्डकीको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने

सन्देश श्रेष्ठपोखरा, जेठ १२ गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै… पुरा पढौ

सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने

पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने भएको छ । २०७९ साल असार ४ गते आएको विनाशकारी सेती नदीको बाढीले मर्दि दोबिल्लास्थित मोटरेबल पुल बगाएपछि त्यस क्षेत्र भएर आवत जावत गर्न समस्या भएको थियो । स्थानीय जनप्रतिनिधिको लगातारको दबाब पछि त्यहाँ पुल निर्माणका लागि सोमबार सडक विभाग कास्कीले बोलपत्र आव्हान गरेको छ ।करिब १० करोड लागतको पुल निर्माणका लागि बोलपत्र आव्हान भएपछि अब पुल निर्माण हुनेमा स्थानीयबासी ढुक्क भएका छन् । पुल निर्माणका लागि… पुरा पढौ

पोखरा र मोरङका महिला उद्यमीबीच सहकार्यको सहमति

पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण  कार्कीले महिला उद्यमशिलता विकासका निम्ति वित्तीय संस्थासँगको सहज पहुँच र ऋण लिने प्रक्रियामा सरलीकरण जरुरी रहेको बताएका छन् । उद्योग÷व्यवसायमा महिला सहभागिता बढ्दा रोजगारी र राष्ट्रिय अर्थतन्त्र फस्टाउने सत्यलाई राज्यले मनन गर्नुपर्ने पनि उनको भनाइ छ । अध्यक्ष कार्की सोमबार  मोरङ उद्योग व्यापार संघको महिला उद्यम उपसमितिको प्रतिनिधिमण्डलसँगको अन्तक्र्रियामा बोल्दै थिए ।पोखरा उद्योग वाणिज्य संघले मोरङका प्रतिनिधिमण्डलको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य… पुरा पढौ

नेकपा निकट मजदुर संगठनले बुझायो महानगरलाई १ करोड ५३ लाखमा बनेको भवनसहित ४ रोपनी जग्गा

सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले भवनसहित ४ रोपनी जमिन पोखरा महानगरपालिकालाई बुझाएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले २०६७ सालदेखि उपयोग गर्दै आएको सो भवन र जमिन शनिबार महानगरलाई फिर्ता गरेको हो । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चावीसहित जमिनको कागजात हस्तान्तरण गरे । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय… पुरा पढौ

कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सातपटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न… पुरा पढौ

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे । बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धिका कारण लागत बढेको तथा म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए । त्यसको जवाफमा मन्त्री लम्सालले सरकारले कानुनी र नीतिगत सुधारमार्फत समस्या समाधान गर्न पहल… पुरा पढौ

पोखराका गोकर्ण कार्की नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यमा मनोनीत

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा पोखराका गोकर्ण कार्की मनोनीत भएका छन् । संघको नवनिर्वाचित कार्य समितिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीसहित ६ जनालाई मनोनीत गरेको हो। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको महासंघले जनाएको छ ।मनोनीत हुने अन्य सदस्यमा ललितपुरका मनिषलाल प्रधान, मोरङका नवीन रिजाल र पोखराका कार्की जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् । यस्तै, वस्तुगत तर्फ कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे, महिला… पुरा पढौ

गण्डकीको कुल बेरुजु ३ अर्ब नजिक, बढ्दो बेरुजुले संघीयतामा चुनौति थप्दै

सन्देश श्रेष्ठपोखरा, जेठ ७ गण्डकी प्रदेशको बेरुजु रकम कुल ३ अर्ब नजिक पुगेको छ । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयहरुको हालसम्मको बेरुजु २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ पुगेको महालेखा प्रतिवेदनले देखाएको हो । यसअघि २३ करोड ८८ लाख ७६ हजार बक्यौता बेरुजु रहेकोमा गत आर्थिक वर्ष २०८१÷८२ मा ५९ करोड ५० लाख १९ हजार रुपैयाँ थपिएको थियो । गत वर्ष ४१ अर्ब ४५ करोड ८१ लाख रुपैयाँको लेखापरीक्षण गर्दा १.४४ प्रतिशत बेरुजु देखिएको जनाइएको छ । सो… पुरा पढौ

कास्कीमा असार एक गतेदेखि ढुंगा, गिट्टी बालुवा निकाल्न नपाईने, निकाले कारवाही गरिने

पोखरा, जेठ ७ कास्कीमा असार एक गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लागेको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड–२०७७ को दफा ९ बमोजिम कास्कीमा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन छ । जसको संयोजक जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेल छन् ।… पुरा पढौ