अर्थ

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो । रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए… पुरा पढौ

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखरा, ७ पुुस । पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुुभयो ।आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ,… पुरा पढौ

लेखनाथ महोत्सवमा कृषि बहस: किसानका कुरादेखि मन्त्रालयका नितिसम्म

एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमवार स्टेज कार्यक्रम अन्तर्गत कृषि बहस कार्यक्रम सम्पन्न भएको छ । स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलका े व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ । सोमवार आयोजित कृषि बहस कार्यक्रममा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरीले आआफ्ना कृषि क्षेत्रका अनुभव , व्यवसाय सुरु गरेदेखि हालसम्मका उतारचडाव र सफलताका कथा… पुरा पढौ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस… पुरा पढौ

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।गत मङ्गलबार रु दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार… पुरा पढौ

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय… पुरा पढौ

कास्कीमा दुई ठाउँ महिलालाई लछारपछार गर्दै गहना लुटपाट : ५ पक्राउ

सन्देश श्रेष्ठपोखरा, पुस ४ कास्कीका दुई फरक ठाउँमा लुटपाट गर्ने ३ जनासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ ठूलोकुना र पोखरा–१९ पुरुञ्चौरमा एक्लाएक्लै हिंडिरहेका दुई महिलाको गहना लुट्ने एउटै समूहका ३ जना र बिक्रीका लागि सघाउने थप २ जना गरेर ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको हो । पक्राउ परेकाहरुमध्ये कास्की मादी–६ तप्राङ घर भई हाल पोखरा–१ भिमकालीपाटन बस्ने २१ वर्षिय सुशील नेपाली, पोखरा–२३ घर भई पोखरा–१ भिमकालीपाटन बस्ने २७ वर्षिय आशिष नेपाली सुनार र… पुरा पढौ

पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना

पोखरा, ४ पुस पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो । यसका लागि पोखरामा १३६ भन्दा… पुरा पढौ

टुर दी पोखरा शनिबार : एक हजार सहभागी हुने

सन्देश श्रेष्ठपोखरा, पुस ३ पोखरामा वर्षेनी हुँदै आएको ‘टुर दी पोखरा’को नया श्रृङ्खला यहि पुस ५ गते शनिबार हुने भएको छ । साइकल सिटी पोखराले साइकल संस्कृति बसाउने उद्देश्यले आयोजना गर्दै आएको ‘टुर दी पोखरा’को आठौं श्रृंखला शनिबार हुन लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्ष दुई दिने टुर दी पोखरा कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । पहिलो दिन सबैको… पुरा पढौ