अर्थ

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए । उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली… पुरा पढौ

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दीको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ । यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए । “यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना… पुरा पढौ

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताए । गत… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको सभाबाट विनियोजन ऐन, २०८२’ पारित

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाले विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । सोमबार सम्पन्न भएको १८ औं गाउँ सभा अधिवेशनमा गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सो विधेयक सभामा प्रस्तुत भएको थियो ।माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक… पुरा पढौ

जिप्रका कास्कीलाई कम्प्युटर हस्तान्तरण

पोखरा, पुस १४ पोखराका ४ वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका छन् । मालपोतबाट दिइने सेवालाई सहज बनाउन नविल बैंक,सिटीजन्स बैंक,ग्लोबल आइएमई बैंकको तर्फबाट दुई थान कम्प्यूटर तथा हिमालयन बैंकको तर्फबाट एउटा कम्प्यूटर र प्रिन्टर तथा हस्तान्तरण गरिएको हो । गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मालपोत कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा ठप्प भएको थियो । सेवा सूचारु गराउनका निम्ति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण… पुरा पढौ

टान गण्डकीको २ दिने पुर्नताजगी तालिम सम्पन्न

पोखरा, पुस १४ टे«किङ एजेन्सीस्ज एशोसिएन अफ नेपाल (टान) गण्डकीको दुई दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । टान गण्डकीको आयोजना तथा संयक्त राष्ट्र संघीय विकास कार्यक्रम समन्वय र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्रा क्षेत्रमा सक्रिय पथप्रर्दशक तथा सहयोगीहरुलाई लक्षित गरि आयोजित तालिम आईतबार समापन भएको हो । ९२ जना पथप्रदर्शक तथा सहयोगीहरु सहभागी तालिममा प्रशिक्षकहरुले पदयात्रामा जाँदा आउने चुनौति र त्यसको सामना गर्ने उपायहरुबारे तालिम दिएका थिए । तालिम समापन कार्यक्रममा बोल्दै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पथप्रदर्शकहरु रोजगारीको… पुरा पढौ

होटल सङ्घद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

होटल सङ्घ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई छबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो । होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवम् होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको अगुवाइमा सङ्घको टोलीले मन्त्री घिसिङलाई भेटी पर्यटन क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक पहलका लागि अनुरोध… पुरा पढौ

मङ्सिरमा नेपाल प्रहरीले गर्यो ४० करोड राजस्व सङ्कलन

नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत रु ८९ लाख… पुरा पढौ

तामझामसहित शुरु भयो पोखरा सडक महोत्सव

सन्देश श्रेष्ठपोखरा, पुस १३ पोखरामा तामझामसहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले आईतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो… पुरा पढौ

म्याग्दीमा पुन परिवारले गरे वडा कार्यालयलाई जग्गा दान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।… पुरा पढौ