अर्थ

कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल

पोखरा । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय… पुरा पढौ

बरालद्धारा वैबाहिक वर्षगाँठको अवसरमा बालगृहलाई आर्थिक सहयोग

पोखरा । पोखराका समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागी पच्चीस हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् । बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैबाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुशी भएको बरालले बताए । सृजना विकास केन्द्र द्धारा २०६४साल मा स्थापित बालगृहमा हाल १६ जना बालबालिका पूर्ण आश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए । २०३७ साल देखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको संस्थाले बालगृह सङ्गै महतगौँडामा खानेपानी परीयोजना… पुरा पढौ

म्याग्दे गाउँपालिकाद्धारा दुग्ध उत्पादक कृषकलाई अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार चार सय २४ अनुदान प्राप्त गरे। उनले भने, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ ।… पुरा पढौ

बर्खा लागेसँगै लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताए। “पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै… पुरा पढौ

चुमनुब्रीलाई डढेलोमुक्त गाउँपालिका बनाइने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “डढेलोबाट वनजङ्गलको विनासमात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ”, उनले भने “यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।” “पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि… पुरा पढौ

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।… पुरा पढौ

सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उनले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका हुन् । उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर… पुरा पढौ

पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌ शुरु

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रवारदेखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌ शुरु भएको छ । पोखराको तालबाराही मा. वि. मा पाँच हप्तासम्म सञ्चालन हुने तालिममा करिव तीन सय जनाको सहभागीता रहेको तालिम संयोजक गोपालकृष्ण संग्रौलाले जानकारी दिए । देशमा देखा परेको विभिन्न किसिमको घट्नाक्रमसंगै पर्यटन मजदुरहरु विभिन्न क्षेत्रमा पलायन हुनेक्रम बढ्दो रहेको अवस्थामा तालिमले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने विश्वास गरिएको तालिम संयोजक… पुरा पढौ

पोउवा संघले सम्झियो संस्थापक अध्यक्षलाई

असार २२ पोखरा । पोखरा उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष स्वर्गीय अमृतप्रसाद शेरचनको १०० औं स्मृति दिवस पारेर उनको व्यक्तित्व र योगदानबारे चर्चा गरेको छ । १९८१ साल असार १५ गते मुस्ताङको भाक टुकुेचेमा जन्मेका शेरचनकै नेतृत्वमा २०११ सालमा पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । शेरचनले २००७ सालको प्रजातान्त्रिक आन्दोलन र त्यसपछिका आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । स्वतन्त्रता सेनानी शेरचन पोखरेली नवरत्नमध्येका एक हुन् । पृथ्वीनारायण क्याम्पसको संस्थापकमध्येका एक रहेका उनले तत्काली पोखरा मल्टीपर्पोज स्कूल,बालमन्दिरलगायतका विद्यालय… पुरा पढौ

‘पोषिलो’को ब्रान्ड एम्बेस्डर सुकदेव कार्की

पोखरा । पोषणयुक्त आहार उत्पादन गर्दै आएको ‘पोषिलो फुड्स प्रालि’ले शारिरीक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । आइतबार पोखरामा एक कार्यक्रम गरी कम्पनीले कार्कीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । कार्की फिटनेस इन्फ्लुएन्सर र ट्रेनर हुन् । एनवाई एफसी नेपाल नामक समूहबाट शारीरिक व्यायामबारे कार्कीले अभियान पनि चलाइरहेका छन् । उनले आधुनिकीकरणसँगै मान्छेको व्यस्तताले बढेकाले शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । ‘व्यायाम गर्दा विभिन्न पौष्टिक तत्वहरु हाम्रो शरीरले माग गर्छ । ती तत्वहरु… पुरा पढौ