अर्थ

आगामी दुई शनिबार बैंक खुल्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो । “असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने… पुरा पढौ

डि जानकी एग्रो फार्मले गर्यो सार्वजनिक सुनुवाई

पोखरा, असार २१ युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले सञ्चालन गरेको डि जानकी एग्रो फार्म प्रालिले अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका युवा कृषि उद्यमी तिमिल्सिनाले सञ्चालन गरेको डि जानकी एग्रो फार्म प्रालिले विहीबार अन्तिम सार्वजनिक सुनुवाई गरेको हो । सो फार्म विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा सञ्चालन रहेको छ । सो फार्म १ करोड ९५ लाख ८१ हजार ८ सय… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार आज बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७… पुरा पढौ

स्याङ्जामा कुरिलो खेतीप्रति आकर्षण बढ्दो

असार २१ गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि… पुरा पढौ

मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत् उत्पादन बढ्न थाल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए । उनका अनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ ।… पुरा पढौ

लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौं । राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भनेका हुन् । कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिए । “व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम… पुरा पढौ

सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ

पोखरा । सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले आज संयुक्तरूपमा सो सेवा शुभारम्भ गरेका हुन् । परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको यस किसिमको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुनेछ । सो अवसरमा मन्त्री ज्वालाले प्रविधिको सदुपयोग गर्दै… पुरा पढौ

गण्डकी प्रदेशसभा : प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको मुख्यमन्त्री पाण्डेको स्पष्टोक्ति

असार २० पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको स्पष्ट पारेका छन् । प्रदेशसभामा आगामी आव २०८०/८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उहाँले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए । “मैले बजेटमा गोखरालाई पहिलो प्राथमिकतामा नराखिदिनुहोला भनेको थिएँ, आफ्नो सरकारले ल्याउने पहिलो बजेटमै यसको झल्को आउनुहुँदैन भन्नेमा म सचेत थिएँ”, मुख्यमन्त्री पाण्डेले भने, “सङ्घ सरकारको बजेटमा पनि गोरखाको बढी चर्चा भएको सन्दर्भमा प्रदेशका माननीयज्यूहरूले… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ उडानसम्बन्धी प्रशिक्षण सम्पन्न

असार २० पोखरा । नेपाल हवाई खेलकद संस्था ’ना’ को आयोजनामा प्याराग्लाईडिङ उडानमा विशेष निगरानी सहित विधि, प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराको प्याराग्लाईडिङ्गलाई थप व्यवस्थित मर्यादित र सुरक्षित बनाउने उद्देश्यलेनेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक सहयोगमा पोखरामा दुई दिने तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा प्राधिकरणको एटीएम (ATM) विभागका प्रमुखबाट सिताराम भण्डारी, उपनिर्देशक देवेन्द्र प्रसाद श्रेष्ठ, वरिष्ठ क्याप्टेन विनोद पुरी लगायतले उडानका क्रममा अपनाउन पर्ने सुरक्षा… पुरा पढौ