अर्थ

वालिङमा विपन्न दलितलाई आधुनिक यन्त्र वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका गरिब तथा विपन्न नागरिकलाई व्यावसायिक बनाउने उद्देश्यले पूर्ण अनुदानमा आधुनिक यन्त्र वितरण गरिएको छ । नगरपालिकाको प्रशासनिक भवन परिसरमा नगरपालिका–१ देखि १४ सम्मका स्थानीय परम्परागत पेसा व्यवसाय गर्दै आएका ७२ परिवारलाई काम गर्न सहज होस् भनेर त्यस्ता उपकरण वितरण गरिएको हो । नगरपालिकाले सामग्री खरिदका लागि रु आठ लाख विनियोजन गरेपछि नगरस्तरीय दलित उत्थान सञ्जालले सामग्री खरिद गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद शर्माले २८ थान सिलाइ मेसिन, २३ थान आरनका लागि पङ्खा,… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी बनाउनेः मुख्य मन्त्री पाण्डे

लेखनाथ । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं संस्थापना दिवस तथा २६ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्वोधन गर्दै पोखरालाई पर्यटकीय हवको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको बताए । पोखरामा पर्यटकलाई आकर्षण गर्न पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रधानमन्त्री स्तरवाट पहल गर्न आग्रह गरेको बताउदै पर्यटन विकासका लागि पुर्वाधार तयार भएको बताए । गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम… पुरा पढौ

चौधरी ग्रुपले पोखराको अर्चलबोटमा खोल्यो नेपालकै पहिलो सिजी प्लाजा

पोखरा, असार २० चौधरी ग्रुप (सिजी) ग्रुपले नेपालमै पहिलो पटक सिजी प्लाजा पोखरामा स्थापना गरेको छ । सिजीले पोखरा–२ अर्चलबोटमा सिजी प्लाजा स्थापना गरेको हो । प्लाजाको सिजीका प्रबन्ध निर्देशक निवार्ण चौधरीले बुधबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे । तीन तलामा फैलिएको सिजी प्लाजाको भुईंतलामा सिजी मोटर्स शोरुम छ । जहाँ सिजीको ईलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ । त्यस्तै, पहिलो तलामा सिजी डिजिटल शोरुम, सिजी नेट र सिजी फ्रेस छन् । जहाँ एलजी, सिजी, गोदरेजका… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौ । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा रू तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै… पुरा पढौ

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन् । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिरालाई वैध बनाउनु पर्ने माग नयाँ भने होइन । मुलुक… पुरा पढौ

झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ… पुरा पढौ

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । “भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो”, उनले भने, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो… पुरा पढौ

पृथ्वीचोक बसपार्कको बेथिती : रोक्ने कसले ?

पोखरा, असार १९ पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो । चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन । सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो । अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ । यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होईन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै… पुरा पढौ

‘पोखरेली पर्यटन विकास गर्न विदेशी उडान गरौं, कोरला नाका खोलौं’

पोखरा । कोरोना भाइरस संक्रमण देखिएपछि प्रभावित बनेको पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको छैन । संकट टरेपछि अहिले नयाँ लगानी गर्ने क्रम पनि चलिरहको छ । तर, पर्यटन क्षेत्र कसरी अघि बढ्छ र यसको दीगोपनबारे अर्को प्रश्न पनि छ । पर्यटन क्षेत्रमा केन्द्रीत रहेर आर्थिक आवाजले दीगो पर्यटन र विकास विषयमा आइतबार पोखरामा अन्तक्र्रिया गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह… पुरा पढौ