अर्थ

सुनको भाउ बढ्यो, चाँदी दुई दिनदेखि स्थिर

सुनको भाउ आज सामान्य बढेको छ । साताको तेस्रो दिन आज सतोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी ,चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

रोजगारदाता परिषद् सदस्यमा पोउवा संघका अध्यक्ष प्रजापति

जेठ १ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सो पदमा मनोनित गरेका हुन् । महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना तथा रोजगार क्षेत्रमा देखिएका समस्याहरु संवोधन गर्ने जिम्मेवारी रहेको छ । महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ रोजगारदाता परिषद्की अध्यक्ष हुन् । पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलाको मिति तथा प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई

जेठ १ पोखरा । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए । उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा रू ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको… पुरा पढौ

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन सञ्चालनमा आउदैन् । यस्तै वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएका नेपालीले मात्रै दुई मोबाइल फोन ल्याउन पाउनेछन् । भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै निःशुल्क… पुरा पढौ

आजदेखि बढेको चिकित्सकको परामर्श शुल्क कति तोकियो ?

काठमाडौ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए । सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य… पुरा पढौ

तनहुँका ५१ जना वैदेशिक रोजगारी पीडितलाई सामीद्धारा क्षतिपूर्ति प्रदान

तनहुँ । सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी… पुरा पढौ

घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रे हुदै

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो । प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार याम सकियो

ढोरपाटन । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो । हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका… पुरा पढौ

पोखरामा चट्याङ लागेर गोरुको मृत्यु

पोखरा । पोखरामा आइतबार साँझ चट्याङ लागेर एउटा गोरु मरेको छ । अपरान्ह ४ बजेदेखि पोखरामा विषण वर्षासँगै परेको चट्याङ लागेर पोखरा–२२ खाल्सेको साईस्वारा भन्ने स्थानमा स्थानिय होमबहादुर कुँवरले पालेको गोरु मरेको हो । अपरान्ह करिव साढे ४ बजेको समयमा कुँवरले हल गोरु बाध्दै आएको गोठमा चट्याङ लागेर एउटा गोरु मरेको स्थानिय पूर्व शिक्षक एवं एभरेस्ट एफएमका नियमित श्रोता प्यामलाल बरालले जानकारी दिए । संगै बाँधेको अर्को गोरु भने सकुशल रहेको उनले बताए । सो ठाउँमा यसअघिपनि स्थानिय काँशीराम विकको… पुरा पढौ