अर्थ

आठौँ पर्वत महोत्सव पुसको ९ देखि १९ सम्म

समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए । महोत्सवका बारेमा जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने… पुरा पढौ

पोखरामा महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ । पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई… पुरा पढौ

घान्द्रुकको छोमरोङसहित ३ नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

सरकारले थप ३ वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले कास्कीको घान्द्रुकस्थित छोमरोङ खोला जलविद्युत् आयोजना सहित चुम्चेत स्यार खोला, मिडिल लिखु जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो । ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ मेगावाटरघण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी… पुरा पढौ

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दीको मङ्गला गाउँपालिका(५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।” थापाले घरबाटै प्रतिकिलो रु एक हजार… पुरा पढौ

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा… पुरा पढौ

आज पनि बढ्यो सुनचाँदीको भाउ

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।… पुरा पढौ

घार्मी कृषि सहकारीमा पुनः पोषराज, कृषि र पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने

घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् । पोखरा महानगरपालिका १९ मा रहेको सहकारीको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुन: पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा प्रदीप राज पौडेल, सचिवमा राजकुमार पौडेल, सह–सचिवमा लक्ष्मी अधिकारी,कोषाध्यक्षमा ज्योति पौडेल र सह–कोषाध्यक्षमा अजय पौडेल चयन भए। त्यस्तै सदस्यमा दामोदर पौडेल, राजन पौडेल, रामचन्द्र पौडेल तथा लेखा समिति संयोजकमा पोसराज पौडेल, सदस्यमा पवित्रा पौडेल, जगन्नाथ पौडेल रहेका छन्। सहकारीले उत्कृष्ट… पुरा पढौ

पोखराको चुरुंगामा दाइँ महोत्सव, पोखरा २३ का कृषक गुरुङ सम्मानित

पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुगां टोल विकास संस्थाको स्थानिय व्यवस्थापनमा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको हो ।महोत्सवको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ… पुरा पढौ

चार महिनामा १६ हजार पर्यटक मनाङमा

चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।… पुरा पढौ

‘आगामी निर्वाचनमा यातायात क्षेत्रका उम्मेदवार नबनाए देखाईदिन्छौं’

सन्देश श्रेष्ठपोखरा, मंसिर १२ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले आगामी चुनावमा यातायात व्यवसायीका एजेण्डा समेट्न दवाब दिने बताएका छन् । पोखराको स्थानिय यातायात प्रालिको छैटौं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यातायात व्यवसायीलाई प्रयोग गरेर राजनीतिक दलहरुले दुनो सोझ्याएको तर यातायात व्यवसायीका समस्या समाधानका लागि भने काम नगरेको बताए । त्यसैले आगामी निर्वाचनमा पहिल्यै एजेण्डा बनाउन दवाब दिने उनको भनाई थियो । हरेक व्यक्ति पार्टीमा जाने र उम्मेदवार बन्ने कुरा पनि हुँदैन र त्यो सम्भव पनि छैन,उनले… पुरा पढौ