अर्थ

बँदेल सिकारमा गएनन् नेपाली

बागलुङ । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन । यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । “पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उनले भने, “अर्को… पुरा पढौ

समान काममा समान ज्याला भएन

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको छाक टार्न मुस्किल पर्छ । तर दिनभरि उस्तै काम पुरुष बराबर गर्दा पनि ज्याला भने कम आउँछ । पुरुष मजदुर सँगै बराबरी काम गरे पनि महिला मजदुरले भने कम ज्याला पाउने गरेको तारा कुमालको गुनासो छ । “श्रीमान्को कमाइले मात्र खर्च पुग्दैन्, छोरो बिरामी छ”, कुमालले भने, “दिनभरि… पुरा पढौ

शुभम पावरले आइपिओ निष्कासन गर्दै

शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता रु १०० अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका… पुरा पढौ

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाको पहल

तनहुँ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए । “पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।” पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु एक लाख

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय… पुरा पढौ

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

पोखरा । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको… पुरा पढौ

पोखरा महोत्सवलाई रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिले मुख्य प्रायोजन गर्दै

११ औं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ। आगामी पुष २७ देखि माघको ९ गतेसम्म युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंहचौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रहेर महोत्सवलाई साथ दिने भएको हो। महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने… पुरा पढौ

सराङकोट सहकारी द्धारा न्यानो कपडा बितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक उत्सवको अवसरमा बिधार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा १८ को जनजागृत मा।बि ,पोखरा १७ को पार्दी मा.बि र पोखरा २० को जनचेतना आधारभुत बिधालयका ७८ जना बिधार्थीहरु लाई शैक्षिक सामाग्री पोसाक तथा न्यानो कपडा बितरण गरीएको छ । संस्थाको स्थापना देखि नियमित आर्थिक कारोबार ,सराङकोट रेडियो प्रसारण सहित रचनात्मक सामाजिक कार्यक्रम ,स्वास्थ्य सचेतना रत्तदान गदै आएको र संस्थाको हाल कारोबार ७० करोड रहेको छ । संस्थाका… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रूपैयाँले घटेर एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार १० रूपैयाँले घटेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आज (मंसीर २६ गते, सोमबार) बराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। आवेदकले आजै बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले पहिलो चरणमा मंसीर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो। सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। यीबाहेक बाँकी ५ लाख… पुरा पढौ