अर्थ

पाँच पालिकाले अझै ल्याएनन बजेट

काठमाडौ । चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । मधेस प्रदेशका चारवटा र लुम्बिनी प्रदेशको एउटा पालिकाले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । धनुषाको नगराइन र र कमला नगरपालिका, रौतहटको बौधीमाई नगरपालिका र सर्लाहीको विष्णु गाउँपालिकाले बजेट ल्याएका छैनन् । त्यस्तै, बाँकेको… पुरा पढौ

प्रवासीको सहयोगमा पदमार्ग

बागलुङ । प्रवासीको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–५ स्थित धार्मिक पर्यटकीयस्थल रामकोटधाममा पदमार्ग निर्माण गरिएको छ । वडा नं ६ शान्तिचोकदेखि त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने गरी सात सय २५ मिटर लामो पदमार्ग बनाइएको हो । पदमार्गका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक सहयोग जुटाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलाइएको थियो । पदमार्गमा प्रवेशद्वार, रेलिङ, विश्रामस्थललगायतका काम छिट्टै सुरु गरिने समितिले जनाएको छ । रु २५ लाख बजेट भएमा बाँकी संरचना… पुरा पढौ

माया खोला हाइड्रोपावरको आईपीओ खुला

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ०को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ । त्यस्तै… पुरा पढौ

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा… पुरा पढौ

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् । आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे । उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए । पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड… पुरा पढौ

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा… पुरा पढौ

रेवान पोखराको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने

पोखरा, मंसिर २२ पोखरामा यस वर्षपनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको सडक महोत्सवले यस वर्षपनि निरन्तरता पाउने भएको हो । २४ औं श्रृंखलाका रुपमा हुने यो महोत्सव पुस १३ गतेदेखि १७ गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रूपमा विकास गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको रेवान पोखराले जनाएको छ । “सडकमै नाचौं,… पुरा पढौ

सुनको मूल्य चार सयले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला स् ‘चुनावअघिको प्रतिवद्धता बिर्सेको छैन’ मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे । पोखरा उद्योग वाणिज्य संघको आयोजनमा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले स्टार्ट अप बिजनेसको लागि महानगरले विशेष कार्यक्रम अगाडि सारेको जानकारी पनि दिए । विभिन्न २४ वटा नवप्रवर्तनका कार्यक्रमलाई ५० हजारका दरले प्ुरस्कृत गरेको महानगरले परियोजना… पुरा पढौ