अर्थ

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो । नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरुपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने… पुरा पढौ

पोखरामा फोर नेसन्सको शाखा

पोखरा । अष्ट्रेलिया युरोप, अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ । यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अस्टे«लियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अष्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर… पुरा पढौ

छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुरमा… पुरा पढौ

महिलालाई सक्षम बनाउन एक हप्ते तालिम शुरु

पोखरा । महिलालाई सीप सिकाएर आत्मनिर्भर बन्न सघाउने उद्देश्यले विभिन्न तालिम, सेमिनार, अनुदान, अन्तक्र्रिया भइरहन्छन् । यही उद्देश्यले बिहीबारबाट एक हप्ते नम्किन, दुनट बनाउने र प्याकेजिङ तालिम शुरु भएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ‘सक्षम महिला, समानान्तर पाइला’ कार्यक्रम अन्तर्गत प्रेरणा नेपाल कास्कीले तालिम आयोजना गरेको हो । २० प्रशिक्षार्थी सहभागी तालिम पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुुरुङले सुरुआत गरिन् । आर्थिक रुपमा आत्मनिर्भर भए लैंगिक समानता, हिंसा न्यूनीकरणका लागि समेत सहयोग पुग्ने उनको… पुरा पढौ

महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको उद्घाटन

पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको विहीबार महिला सिप विकास संस्थाको सभाहलमा प्रमुख अतिथि सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले उद्घाटन गरिन । कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले प्रशिक्षार्थीलाई सक्रियातापूर्वक सहभागी भएर तालिमबाट दक्षता हाँसिल गर्न आग्रह गर्दै निःशुल्क हातमा सिप र दिमागमा ज्ञान लिन पाइने अवसरको सदुपयोग गर्न जोड दिइन । आफूले आफैलाई बनाउनका लागि केही कुरामा त्याग गर्नै पर्ने भएकाले १२ दिनको सिप सिकाईलाई पहिलो पाइला मान्न आग्रह गरिन । कास्की… पुरा पढौ

पोखरा वडा नं. १५ को कपाल काट्ने तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियाँले बताए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ… पुरा पढौ

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

नेपाल–चीन सीमा नजिकै उनको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उनको गाउँ । बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर हिउँदमा गाउँ बसिसक्नु हुन्न हिउँले । अबका केही दिनपछि घरका छानो नै छोप्न थाल्छ हिउँले । त्यसैले मङ्सिर महिना नलाग्दै २८ वर्षीय कर्म भोटे परिवारसहित बेंसी झरेका छन । मनभरि उनको घर छ, अबका केही महिना उनी घरमा छन । लोमान्थाङ गाउँपालिका–२ मा रहेको आफ्नै दुःखले आर्जेको घर छ । तर… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा छैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । “अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।” अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको… पुरा पढौ