अर्थ

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुल्यो

मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणका लागि आज (सोमबार)देखि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको हो। कुल आइपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ प्रदान गरेको… पुरा पढौ

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो। गत आवमा कूल ५ अर्ब १० करोड १७ लाख २८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ४ अर्ब ८८ करोड ४ लाख ४१ हजार रुपैयाँ मात्र संकलन गरेको छ। संकलित राजस्व लक्ष्यको २२ करोड १२ लाख ८७ हजार रुपैयाँ न्यून… पुरा पढौ

पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष, ७५० युवालाई स्वरोजगार बनाईने

पोखरा । पोखरा महानगरपालिकाले १५ करोडको स्वरोजगार कोष स्थापना गरेको छ । युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो । महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । कोषमार्फत युवा स्वरोजगार जन्माउने महानगरको योजना छ । महानगरले सो योजनामार्फत ७५० जना युवा तथा साना व्यवसायी स्वरोजगार उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धाान्तिक सहमति जुटिसकेको महानगरले जनाएको… पुरा पढौ

धौलागिरि लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी १० लाख ३१ हजार कित्ताको ०।५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६… पुरा पढौ

अभियान लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी २५ लाख कित्ताको ०।५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५०… पुरा पढौ

सुनको मूल्य रु ९४ हजार ५००

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५… पुरा पढौ

पोखरामा डिजिटल मार्केटिङको कार्यशाला

पोखरामा डिजिटल मार्केटिङको कार्यशाला गरिएको छ। युनाइट्स नेपालले शनिबार पोखरामा डिजिटल मार्केटिङको कार्यशाला आयोजना गरेको हो। व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचार प्रसार, बजारीकरण निकै महत्वपूर्ण हुने र अहिलेको अवस्थामा डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको थियो। आभास अधिकारी र प्रतिमा भट्टले कार्यशालाको सहजीकरण गरेका थिए। उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे। व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको थियो। क्यान महासंघ सचिव जगन… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७।२६ अङ्कले ओरालो लागेर दुई हजार १७।४६ मा ओर्लिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ५।४० अङ्कले ओरालो लागेर ३८६।२४ मा ओर्लिएको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२… पुरा पढौ

स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको हो । आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ… पुरा पढौ